नयाँ २०२१ फोर्स गोर्खा एसयूभीको लन्चिङ समय सार्वजनिक, अफ रोडर महिन्द्रा थारसँग प्रतिस्पर्धा हुने
फोर्स मोटर्सले न्यु जेनेरेसन अफ रोडर एसयूभी गोर्खाको लन्चिङ समय पहिलो पटक...
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडले फोर्ड इन्डियाको सानन्द, गुजरात प्लान्ट ७२६ करोड भारुमा किन्ने भएको छ । यस सम्झौता अन्तर्गत टाटाले फोर्ड इन्डियासँग युनिट ट्रान्सफर सम्झौतामा हस्ताक्षर गरेको छ । यसमा फोर्ड इन्डियाको सवारी साधन निर्माण प्लान्ट, सम्पूर्ण जग्गा, भवन, मेसिनरी र उपकरण समावेश हुनेछ ।
यद्यपि सो सम्झौता अनुसार फोर्डले आफ्नो पावरट्रेन निर्माण प्लान्ट सञ्चालन गर्न जारी राख्नेछ र यसका लागि टाटाबाट पावरट्रेन निर्माण प्लान्टको भवन र जग्गा पुनः भाडामा लिने तयारी गरिरहेको छ ।
टाटा मोटर्सले फोर्ड इन्डियाका सम्पूर्ण योग्य कर्मचारीलाई टाटा मोटर्समै रोजगारी दिने सहमत भएको छ । यस प्लान्टमा ३० हजार ४३ जना प्रत्यक्ष र करिब २० हजार जना अप्रत्यक्ष रोजगारीमा छन् । दुई कम्पनीबीच भएको सम्झौता अनुसार सानन्द प्लान्टमा काम गर्ने सबै योग्य कर्मचारीलाई टाटा मोटर्समा सरुवा गरिने छ ।
फोर्ड इन्डियाको सानन्द प्लान्ट ३५० एकडमा फैलिएको छ भने कम्पनीको इन्जिन उत्पादन गर्ने प्लान्ट ११० एकडमा फैलिएको छ । यस वर्षको मेमा, टाटा मोटर्सले फोर्डको प्यासेन्जर कार निर्माण प्लान्टलाई टेकओभर गर्नको लागि स्वीकृति पाएको थियो ।
फोर्ड मोटर कम्पनीले गत वर्ष नै भारतबाट आफ्नो व्यापार बन्द गर्ने निर्णय गरेको थियो ।
फोर्स मोटर्सले न्यु जेनेरेसन अफ रोडर एसयूभी गोर्खाको लन्चिङ समय पहिलो पटक...
टाइम्स म्यागेजिनले हरेक बर्ष सार्बजनिक गर्ने १ सय प्रभावशाली कम्पनीको...
फोर्ड मोटरको नेपालका लागि आधिकारिक बितरक जीओ अटोमोबाइल्सले दर्शै÷तिहार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...