टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन
टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।...
टाटा मोटर्सले आज भारतमा टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरेको छ । टाटा अभिन्या कम्पनीको नयाँ ईभी प्लेटफर्म ‘बर्न इलेक्ट्रि’ मा तयार गरिने छ । सो कार दुई वा तीन पंक्ति सिटिङ विकल्पका साथ उपलब्ध हुनेछ ।
टाटा मोटर्सले यही प्लेटफर्म अन्तर्राष्ट्रिय रुपमा तयार गर्नेछ । सो प्लेटफर्ममा बन्ने कार आगामी २०२५ मा सोरुमहरुमा आइपुग्ने अनुमान गरिएको छ । भविष्यमा बजारमा आउने कार मानिने टाटा अभिन्याले टाटा मोटर्सको बजार भविष्यलाई एक कदम अगाडि बढाउने बताइएको छ ।
टाटा मोटर्सको अभिन्या इलेक्ट्रिक कन्सेप्टको प्लेटफर्म औडीको अर्बनस्फेयर जस्तो लाग्छ । एसयूभी र एमपीभी दुवैसँग मिल्ने यसको बडी स्टाइल बाहिरबाट हेर्दा क्रसओभर एसयूभी जस्तो पनि देखिन्छ ।
यसका साथमा टाटा मोटर्सले नयाँ ब्रान्ड लोगो समेत प्रयोग गर्ने अनुमान गर्न सकिन्छ । यसका साथमा कम्पनीले नयाँ लोगोको पनि खुलासा गरेको छ ।
यसको फ्रन्ट र रियर दुवैमा बडीको लम्बाईसँगै एलईडी लाइट स्ट्रिप दिइएको छ । त्यसैगरी यसमा ठूलो अलोय ह्विल र युनिक बटरफ्लाई डोर छ । यसले फुल चार्जमा ५ सय किलोमिटर भन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । त्यसैगरी यसले अल्ट्रा–फास्ट चार्जिङ प्रयोग गर्ने र ३० मिनेट भन्दा कम समयमै फुल चार्ज हुने बताइएको छ ।
टाटा मोटर्सले पहिले नै नेक्सन ईभी र टिगोर ईभी बजारमा ल्याइसकेको छ भने केही दिन पहिले टाटा कर्भ ईभी कन्सेप्ट सार्वजनिक गरेको छ । आगामी दिनमा इलेक्ट्रिक बजारमा नयाँ उत्पादनका साथ आक्रामक रुपमा प्रवेश गर्ने टाटा मोटर्सको योजना भएको देखिन्छ ।
टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।...
टाटाले हालै तस्बिर सार्वजनिक गरेको सानो एसयूभी टाटा पन्चको चर्चा चुलिएको...
अटो एक्स्पो २०२३ मा सहभागी हुने ठूला कम्पनीहरूमध्ये टाटा मोटर्स पनि एक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...