टाटा टियागो र पन्च ईभी साट्न सकिने : न्यु ह्विल्स, न्यु डिल्स कार्यक्रम हुने
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटा मोटर्सले चाँडै नै भारतीय बजारमा आफ्नो प्रिमियम ह्याचब्याक कार टाटा अल्ट्रोज फेसलिफ्ट लन्च गर्ने तयारी गरिरहेको छ। लन्च हुनुभन्दा अगाडि नै कारको पूर्ण विवरण इन्टरनेटमा लिक भएको छ। लिक भएकाे जानकारीमा गाडीको डिजाइन, विशेषता, भित्री सजावट र विभिन्न भेरिएन्टको खुलासा गरिएको छ।
टाटा अल्ट्रोज फेसलिफ्टको एक्टेरियरमा केही परिवर्तन गरिएको छ। अगाडिको भाग कालो रङगमा सजिएको छ भने पातलो हेडलाइट र दुई हेडलाइट जोड्ने डीआरएल दिइएको छ । साथै, यसमा नयाँ फ्लस डोर ह्याण्डल र अलोय ह्विल पनि समावेश गरिएको छ।
इन्टेरियरमा पूर्ण रूपमा अपडेट गरिएको ड्यासबोर्ड, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टु स्पोक स्टेयरिङ ह्विल, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा, भ्वाइस असिस्ट फिचर र सिंगल पेन सनरुफ उपलब्ध छ। नयाँ टाटा अल्ट्रोज फेसलिफ्ट ७ भेरिएन्टमा आउनेछ ।
यसमा हालको जस्तै १.२ लिटर पेट्रोल, १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्प उपलब्ध हुनेछ। टाटा मोटर्सले सो कारलाई मे २२, २०२५ मा औपचारिक रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ। केही भेरिएन्टको मूल्यमा सानो मात्रामा वृद्धि हुन सक्छ।
टाटा अल्ट्रोज फेसलिफ्टले प्रिमियम ह्याचब्याक सेग्मेन्टमा मारुती सुजुकी बलेनो, टोयोटा ग्लेन्जा, हुन्डाई आई२० जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ। साथै, मूल्यको हिसाबले सो कारले मारुती ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ, स्कोडा काइल्याक लगायत कम्प्याक्ट एसयूभीसँग पनि प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटा मोटर्सले आफ्नो विद्युतीय पोर्टफोलियोबाट नयाँ इलेक्ट्रिक मोडल...
काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...