लन्च हुनुभन्दा अगाडि नै लिक भयो टाटा अल्ट्रोज फेसलिफ्ट

टाटा मोटर्सले चाँडै नै भारतीय बजारमा आफ्नो प्रिमियम ह्याचब्याक कार टाटा अल्ट्रोज फेसलिफ्ट लन्च गर्ने तयारी गरिरहेको छ। लन्च हुनुभन्दा अगाडि नै कारको पूर्ण विवरण इन्टरनेटमा लिक भएको छ। लिक भएकाे जानकारीमा गाडीको डिजाइन, विशेषता, भित्री सजावट र विभिन्न भेरिएन्टको खुलासा गरिएको छ।

टाटा अल्ट्रोज फेसलिफ्टको एक्टेरियरमा केही परिवर्तन गरिएको छ। अगाडिको भाग कालो रङगमा सजिएको छ भने पातलो हेडलाइट र दुई हेडलाइट जोड्ने डीआरएल दिइएको छ । साथै, यसमा नयाँ फ्लस डोर ह्याण्डल र अलोय ह्विल पनि समावेश गरिएको छ।

इन्टेरियरमा पूर्ण रूपमा अपडेट गरिएको ड्यासबोर्ड, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टु स्पोक स्टेयरिङ ह्विल, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा, भ्वाइस असिस्ट फिचर र सिंगल पेन सनरुफ उपलब्ध छ। नयाँ टाटा अल्ट्रोज फेसलिफ्ट ७ भेरिएन्टमा आउनेछ ।

यसमा हालको जस्तै १.२ लिटर पेट्रोल, १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्प उपलब्ध हुनेछ। टाटा मोटर्सले सो कारलाई मे २२, २०२५ मा औपचारिक रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ। केही भेरिएन्टको मूल्यमा सानो मात्रामा वृद्धि हुन सक्छ।

टाटा अल्ट्रोज फेसलिफ्टले प्रिमियम ह्याचब्याक सेग्मेन्टमा मारुती सुजुकी बलेनो, टोयोटा ग्लेन्जा, हुन्डाई आई२० जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ। साथै, मूल्यको हिसाबले सो कारले मारुती ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ, स्कोडा काइल्याक लगायत कम्प्याक्ट एसयूभीसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सको बिक्रीमा उछाल, कुल विक्रीको ४ प्रतिशत हिस्सा इलेक्ट्रिक कारको

टाटा मोटर्सको बिक्रीमा उछाल, कुल विक्रीको ४ प्रतिशत हिस्सा इलेक्ट्रिक कारको

भारतीय अटो निर्माता टाटा मोटर्सले जुलाई महिनामा उत्कृष्ट विक्री हाँसिल...

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...

हाल सम्मकै सस्तो ईभी टाटा टियागो ईभीका यस्ता छन् ५ फिचर

हाल सम्मकै सस्तो ईभी टाटा टियागो ईभीका यस्ता छन् ५ फिचर

टाटा मोटर्सले भारतमा अहिलेसम्मकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...