आज देखि मोटरहेड र टारो ब्रान्डको एक्सचेन्ज क्याम्प, यस्ता छन् अफरै अफर

काठमाडौं – नेपालका लागि मोटरहेड तथा टारो ब्रान्डको आधिकारिक वितरक एसजी ग्रुप अन्तर्गतको एसएलआर टेक्नो एन्ड ट्रेड तथा ओम मोटोकर्पले यी दुई ब्रान्डमा लागू हुने गरी एक्सचेन्ज क्याम्प प्रारम्भ गरेको छ ।

आज देखि प्रारम्भ भएको सो क्याम्प आगामी भाद्र ३१ गते सम्म सञ्चालन हुनेछ, जसमा जस्तोसुकै अवस्थाको वाइकहरुमा कम्तिमा २५ हजारको मुल्याङकन हुनेछ । त्यसैगरी जुनसुकै ब्रान्डको वाइकसँग एक्सचेन्जमा वजार मुल्याङकन भन्दा २० हजार रुपैयाँ प्राप्त हुनेछ ।

यसका साथै वम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट फुल इन्स्योरेन्स छुट हुनेछ । यो अफर काठमाडौं उपत्यका भित्र धोविघाट, बालाजु, सल्लाघारी, चावहिल, नक्साल र टेकु गरी ६ वटा शोरुममा लागू हुनेछ ।

यसका साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत यही १९ भाद्र २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो ‘‘४ को चमत्कार, बाइक पनि वचत पनि’ अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड व्राण्डका वाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख सम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै पुरानो मोडलको टेक्कन २५० खरिद जुनै पनि माध्यमबाट गर्दा सिधै २५ हजार छुटको व्यवस्था गरेको छ ।

टारो ब्रान्डका वाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा ३० हजार सम्म नगद छुट तथा स्कुटरको खरिदमा १५ हजार छुटको अफर अघि सारेको छ । कम्पनीले वम्पर अफरमा गोला प्रथाद्वारा १ जना भाग्यशाली खरिदकर्ताले ५ वर्षको कर तथा बिमा छुटको अफर पनि ल्याएको छ ।

ग्राहकहरुले कम्पनीको शोरुममा गई टेस्ट राइड तथा पोज एन्ड पोस्ट क्याम्पेन अन्तर्गत फोटो खिची लाइक एन्ड सेयर गर्दा हात खाली नहुने उपहार समेत जित्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

मोटरहेडको नौलो अफर : बाइक किन्दा १ लाख सम्म छुट, भाग्यशालीले २,०७,९०० पाउने

मोटरहेडको नौलो अफर : बाइक किन्दा १ लाख सम्म छुट, भाग्यशालीले २,०७,९०० पाउने

एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक...

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

काठमाडौं – अक्सिजन अभावलाई कम गर्न एसजी ग्रुपले पोर्टेबल अक्सिजन ब्याग...

आज दिनभर ट्याक्सीमान्डुको ट्याक्सी निःशुल्क चढ्न सकिने

आज दिनभर ट्याक्सीमान्डुको ट्याक्सी निःशुल्क चढ्न सकिने

काठमाडौं – यातायात व्यवसायी र मजदुरले विभिन्न माग राखेर आन्दोलन गरेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...