आयो मोटरहेडको महा चाड महा बचत अफर : बाइकमा २५ हजार देखि १ लाख सम्म छुट

काठमाडौं –मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो ‘महा चाड महा वचत’ नामक अफर सार्वजनिक गरेको छ ।

विगत ७ वर्ष देखि डर्ट, क्याफे रेसर तथा स्क्र्याम्बलर सेगमेन्ट अन्तर्गतका बाइकहरु नेपाली वजारमा उपलब्ध गराउँदै आएको एसएलआर टेक्नो एन्ड ट्रेडले धोबिघाटस्थित आफ्नो शोरुम तथा सर्भिस स्टेसनबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ । त्यसैगरी उपत्यका बाहिर हाल इटहरी, हेटौंडा, वुटवल, पोखरा, बाग्लुङ्ग, विर्तामोड र कावासोती तथा विकट जुम्ला बजारमा समेत आफ्नो डिलर मार्फत बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले सो अफर अन्तर्गत आफ्ना मोडल इयरका आधारमा फरक अफर प्रस्तुत गरेको छ, जसमा २०२१ मोडल इयरका खरिदमा सिधै १ लाख सम्म छुट र २०२२ का मोडलहरुमा २५ हजार देखि ३५ हजार सम्मको छुटको अफर सार्वजनिक गरेको छ ।

यी बाहेक २०२२ अन्तर्गतको बाइक खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर अफरको व्यवस्था पनि गरेको छ । यो अफर छठ सम्म कायम रहने जानकारी कम्पनीले दिएको छ ।

हाल नेपाली बजारमा मोटरहेड ब्रान्डका एमएच १५०आर, एक्स–टर्क २२३, टेक्कन २५०, टेक्कन आर २२३, स्पोर्ट्स २२३ र स्क्र्याम्बलर गरी ६ विभिन्न मोडलका बाइकहरु उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

काठमाडौं – हाल नेपाली बजारमा मोटरहेड र टारो ब्रान्डका दुई पांग्रे सवारी...

चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर नेपाली बजारमा

चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर नेपाली बजारमा

काठमाडौं – नेपाली बजारमा चीनमा निर्मित इटालियन ब्रान्ड ‘टारो’ का...

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

काठमाडौं – नेपालका लागि मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...