टारो ब्रान्डको बाइक अब ८० हजार कम मूल्यमा उपलब्ध

काठमाडौं – नेपालमा टारो ब्रान्डका बाइक बिक्री गरिरहेको ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलका बाइकको मूल्य घटाएको छ ।

टारोका दुई मोडल जीपी २ २०० र जीपी १ २५० को मूल्य घटाएको हो । जीपी २ २०० को मूल्य पहिले ५ लाख ५५ हजार भएकोमा अब घटाएर ४ लाख ७५ हजार रुपैंयाँ कायम गरिएको छ । यसमा ८० हजार रुपैंया मूल्य कम गरिएको हो ।

त्यसैगरी जीपी १ २५० को मूल्य ६ लाख ७० हजारबाट ६ लाख रुपैयाँ कायम गरिएको छ । यसमा ७० हजार रुपैंया मूल्य कम गरिएको छ ।

सरकारले हालै सार्वजनिक गरेको बजेट मार्फत २०० सीसी भन्दा माथिका दुई पांग्रे सवारी साधनमा पहिले भन्दा केही सहुलियत भएका कारण टारोले पनि मूल्य समायोजन गरेको जानकारी दिएको छ ।

इटालियन डिजाइनमा निर्मित टारोका बाइकहरु युवावर्गहरुले अत्यधिक मन पराएको स्पोर्ट्स सेगमेन्ट अन्तर्गतका बाइकहरु हुन् । नेपाल भित्रिएको टारो ब्रान्डका बाइकसँगै १५० सीसीका अन्य दुई स्कुटरका मोडलहरु पनि उपलब्ध छन् इमोला १५० र टी९ १५० ईएफआई ।

हाल नेपाली ग्राहकद्वारा कार्यक्षमता र डिजाइन दुवै पाटोमा मन पराइएका यस ब्राण्डका प्रचलित स्कुटरहरु हुन् । एक्सचेन्ज तथा फाइनान्स दुवैको सुविधा सहित उपलब्ध टारोका बाइक तथा स्कुटर भविष्यमा अझ वढी परिमार्जित हुँदै ल्याइने र अझ वढी सेवा र सुविधाका साथ नेपाली बजारमा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ ।

हाल उपत्यकाभित्र कम्पनीको थ्रीएस सुविधाको साथ नक्साल, टेकु र धोबिघाट शोरुमबाट टारोको बाइक खरिद गर्न सकिनेछ भने उपत्यका बाहिर इटहरी, हेटौंडा र पोखरामा पनि थ्रीएस सुविधाको साथमा बाइक उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेडको अफर : नगद छुट, प्रत्येक बाइक बिक्रीवापत १ हजार सामाजिक संस्थालाई दिइने

मोटरहेडको अफर : नगद छुट, प्रत्येक बाइक बिक्रीवापत १ हजार सामाजिक संस्थालाई दिइने

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

लमजुङमा मोटरहेड नाइट आउट राइड सम्पन्न

लमजुङमा मोटरहेड नाइट आउट राइड सम्पन्न

काठमाडौं – हाल युवा राइडरमाझ प्रचलित नाइट आउट ट्रेन्डलाई पछ्याउदै...

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...