मोटरहेडले ल्यायो परिमार्जित बिग, बिगर, बिगेस्ट अफर : मूल्य नबढ्दै आकर्षक छुट पाउने अवसर
काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
एसजी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रालिले गत वर्ष नेपाली वजारमा भित्र्याएको इटालियन डिजाइनमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको छ । काठमाडौं र हेटौंडा पश्चात यो टारोको अर्को शोरुम हो ।
विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ विभिन्न मिडियाकर्मी तथा इटहरीका विशेष अतिथिका वीच कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेद्वारा उक्त शोरुमको उद्घाटन गरिएको हो ।

आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित व्राण्ड हो ।
रेस एडिसनमा निर्मित टारोका बाइक तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल कम्पनीले टारो व्राण्डका जीपी२ २००, जीपी१ २५० र जीपी१ ४०० गरी तीन मोडलका वाइक नेपाली वजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सीसीका दुई मोडल इमोला १५० र एलेक्स टी९ १५० ग्राहकका लागि उपलब्ध गराएको छ ।

नेपाली बजारमा जीपी२ २०० को मूल्य ५ लाख ५० हजार, जीपी१ २५० को मूल्य ६ लाख ५० हजार र जीपी१ ४०० को मूल्य ९ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यसैगरी इमोला १५० को मूल्य ३ लाख ३० हजार र एलेक्स टी९ १५० को मूल्य ३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
यस व्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप सीबीएस ब्रेकिङ, किलेस इग्निसन, ईएफआई, अन्डरसिट एक्जस्ट, टीएफटी डिस्प्ले, एरोडाइनामिकल्ली बिल्ट, प्रोजेक्टर हेडल्याम्प आदि रहेका छन् । कम्पनीले आगामी एक महिना भित्र बिक्री पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको बताएको छ ।
दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० खरिदमा १५ हजार, जीपी२ २०० को खरिदमा ३० हजार र जीपी१ २५० को खरिदमा २० हजार छुटको अफर लागू हुनेछ । साथै बम्पर अफरमा यस अवधिभर खरिद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने कम्पनीको भनाइ छ ।
काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
काठमाडौं –मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर...
काठमाडौं – मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...