टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक ओम मोटोकर्पले टारो मोटरसाइकल तथा स्कुटरमा दशैं स्किम सार्वजनिक गरेको छ । कम्पनीले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ स्किम सार्वजनिक गरेको हो ।

यो योजनामा ग्राहकले टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा विभिन्न बम्पर पुरस्कार जित्न सक्नेछन् । ग्राहकहरुले कम्पनीको शोरुममा गइ टेस्ट राइड तथा पोज एन्ड पोस्ट क्याम्पेन अन्तर्गत फोटो खिची लाइक एन्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।

ओम मोटोकर्पले विक्री गर्ने मोटरसाइकल जीपी२ २००, जीपी १ २५० र जीपी १ ४०० मा नगद ३० हजार रुपैयाँ छुट तथा स्कुटर इमोला १५० मा १५ हजार नगद छुट दिने भएको हो । यसका साथै यो योजनामा सहभागी १ जना भाग्यशाली बिजेताले ५ वर्षको कर तथा इन्स्योरेन्स छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले नेपालमा बिक्री गर्दै आएको इमोला १५० स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँ, जीपी २ २५० को मूल्य ५ लाख ५० हजार, जीपी १ २५० को मूल्य ६ लाख ५० हजार र जीपी १ ४०० को मूल्य ९ लाख ५० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै यो योजनामा ग्राहकले टेष्ट राइड गरेर हात खाली नजाने पुरस्कार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आज दिनभर ट्याक्सीमान्डुको ट्याक्सी निःशुल्क चढ्न सकिने

आज दिनभर ट्याक्सीमान्डुको ट्याक्सी निःशुल्क चढ्न सकिने

काठमाडौं – यातायात व्यवसायी र मजदुरले विभिन्न माग राखेर आन्दोलन गरेका...

देशभरका सोरुममा मोटरहेडको अपग्रेडेड एमएच १५०आर टेस्ट राइड गर्दा गिफ्ट ह्याम्पर पाइने

देशभरका सोरुममा मोटरहेडको अपग्रेडेड एमएच १५०आर टेस्ट राइड गर्दा गिफ्ट ह्याम्पर पाइने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको मोटरहेडको नयाँ अपग्रेडेड एमएच...

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...