टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक ओम मोटोकर्पले टारो मोटरसाइकल तथा स्कुटरमा दशैं स्किम सार्वजनिक गरेको छ । कम्पनीले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ स्किम सार्वजनिक गरेको हो ।

यो योजनामा ग्राहकले टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा विभिन्न बम्पर पुरस्कार जित्न सक्नेछन् । ग्राहकहरुले कम्पनीको शोरुममा गइ टेस्ट राइड तथा पोज एन्ड पोस्ट क्याम्पेन अन्तर्गत फोटो खिची लाइक एन्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।

ओम मोटोकर्पले विक्री गर्ने मोटरसाइकल जीपी२ २००, जीपी १ २५० र जीपी १ ४०० मा नगद ३० हजार रुपैयाँ छुट तथा स्कुटर इमोला १५० मा १५ हजार नगद छुट दिने भएको हो । यसका साथै यो योजनामा सहभागी १ जना भाग्यशाली बिजेताले ५ वर्षको कर तथा इन्स्योरेन्स छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले नेपालमा बिक्री गर्दै आएको इमोला १५० स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँ, जीपी २ २५० को मूल्य ५ लाख ५० हजार, जीपी १ २५० को मूल्य ६ लाख ५० हजार र जीपी १ ४०० को मूल्य ९ लाख ५० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै यो योजनामा ग्राहकले टेष्ट राइड गरेर हात खाली नजाने पुरस्कार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

धादिङको बैरेनिमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर

धादिङको बैरेनिमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर

मोटरहेड ब्राण्डको आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले...

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २...

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

काठमाडौं – इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...