आयो मोटरहेडको महा चाड महा बचत अफर : बाइकमा २५ हजार देखि १ लाख सम्म छुट
काठमाडौं –मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर...
काठमाडौं – इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि विभिन्न देशका प्रतिष्ठित कम्पनीहरुको सहयोगमा तयार भएको ट्यारो कम्पनीका प्रिमियम मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा उपलब्ध छन् । नेपाली बजारमा एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्प प्रालिले यी मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको छ ।
नेपाली बजारमा ट्यारोका इमोला र एलेक्स वान टी९ गरी दुई मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ३० हजार र ३ लाख ४५ हजार रुपैयाँ छ ।
त्यसैगरी २०० सीसीको जीपी२ २०० र २५० सीसीको जीपी१ २५० एसआर मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ५० हजार र ६ लाख ५० हजार रुपैयाँ छ । यी वाहेक अर्को ४०० सीसीको जीपी१ ४००आर समेत बिक्रीका लागि उपलब्ध हुन्छ । यसको मूल्य ९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । युरोपका नर्वे, इंगल्यान्ड, फ्रान्स, बेल्जियम, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, स्विट्जरल्यान्ड, पोल्यान्ड, चेक रिपब्लिक, स्लोभाकिया, साइप्रस, सर्विया र म्यासेडोनियामा यी मोटरसाइकल र स्कुटर राम्रो बिक्री हुन्छन् । त्यसैगरी पाकिस्तान, जर्जिया, जोर्डन, इरान, मोरक्को, अल्जेरिया, लिविया, इजिप्ट, फिलिपिन्स, कोरिया, अमेरिका, डोमिनिका, क्युबा, पेरु, चिली, अर्जेन्टिना र भारतमा समेत यी मोटरसाइकल र स्कुटर बिक्री हुँदै आएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...