स्टेयरिङ समाउँदा जिम्मेवारी पनि समाउनुहोस्

सडक केवल गन्तव्यमा पुग्ने मार्ग मात्र होइन, हजारौँ मानिसका सपना, आशा र जीवन जोडिएको साझा थलो हो । जब हामी स्टेयरिङ समात्छौँ, हामी केवल गाडी नियन्त्रण गरिरहेका हुँदैनौँ; हामी आफ्नो र अरूको जीवनको जिम्मेवारी पनि समाइरहेका हुन्छौँ । सानो लापरवाहीले पलभरमै खुसीहरूलाई आँशुमा बदल्न सक्छ । त्यसैले, "स्टेयरिङ समाउँदा जिम्मेवारी पनि समाउनुहोस्" भन्ने सन्देशलाई आत्मसात् गर्नु आजको आवश्यकता हो ।  

        सडक दुर्घटना न्यूनीकरण गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न तलका जीवनोपयोगी उपायहरू अपनाउनु अनिवार्य छ:

  • यात्रा सुरु गर्नुभन्दा पहिले आफ्नो सवारी साधनको अवस्था जाँच गर्नु पहिलो जिम्मेवारी हो ।
  • ब्रेकले सही काम गरेको छ कि छैन र टायरमा हावाको चाप उचित छ कि छैन भन्ने कुरामा ध्यान दिनुहोस् ।
  • हेडलाइट, ब्याक लाइट र साइड इन्डिकेटरहरू चालू अवस्थामा हुनुपर्छ, विशेष गरी रातिको समयमा ।
  • मदिरा सेवन गरेर सवारी चलाउनु भनेको जानीजानी मृत्युलाई निम्तो दिनु हो । मदिराले मस्तिष्कको सोच्ने र निर्णय लिने क्षमतालाई कमजोर बनाउँछ ।
  • थोरै मात्र मदिराले पनि तपाईँको 'रिएक्सन टाइम' ढिलो बनाउँछ । त्यसैले "पिउनु छ भने नचलाउनुहोस्, चलाउनु छ भने नपिउनुहोस्" भन्ने नियम पालना गर्नुहोस् ।
  • गाडी चलाउँदा फोनमा कुरा गर्ने वा म्यासेज हेर्ने काम कदापि नगर्नुहोस् । एक सेकेन्डको ध्यान मोडिनु नै दुर्घटनाको कारण बन्न सक्छ ।
  • ठुलो स्वरमा संगीत सुन्ने वा सहयात्रीसँग अत्यधिक गफगाफमा अल्झिँदा चालकको ध्यान सडकबाट हट्न सक्छ ।
  • "छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ" भन्ने उखानलाई मनन गर्नुहोस् । सडकको अवस्था र तोकिएको गति सीमाभित्रै रहेर सवारी चलाउनुहोस् । उच्च गतिमा सवारी नियन्त्रण बाहिर जाने सम्भावना बढी हुन्छ ।
  • अगाडि गुडिरहेको सवारी साधनबाट पर्याप्त दूरी (Safe Following Distance) कायम राख्नुहोस् ताकि आकस्मिक ब्रेक लगाउनु पर्दा ठक्कर नलागोस् ।
  • कार चालक र यात्रुले सधैँ सिट बेल्ट बाँध्नुपर्छ, दुई पाङ्ग्रे सवारी चालक र पछाडि बस्ने यात्रु दुवैले गुणस्तरीय हेल्मेट लगाउनु अनिवार्य छ । यसले दुर्घटनाको समयमा शरीरलाई कडा ठक्करबाट बचाउँछ ।
  • ट्राफिक लाइट, जेब्रा क्रसिङ, र सडकका संकेतहरू हाम्रो सुरक्षाका लागि बनाइएका हुन् ।
  • जथाभाबी ओभरटेक नगर्नुहोस् । जहिले पनि दाहिने तर्फबाट मात्र ओभरटेक गर्नुहोस् र मोड्नुअघि इन्डिकेटरको प्रयोग गर्नुहोस् ।
  • पैदल यात्रीलाई प्राथमिकता: जेब्रा क्रसिङ र विद्यालय क्षेत्रमा सवारीको गति कम गर्नुहोस् र पैदल यात्रीलाई पहिलो प्राथमिकता दिनुहोस्।

        सडक सुरक्षा कुनै एक निकायको काम होइन, यो हरेक स्टेयरिङ समाउने हातको जिम्मेवारी हो । स्टेयरिङ समात्ने हातले केवल गाडी होइन, धेरैको भविष्य समाइरहेको हुन्छ । थकान, निन्द्रा वा असावधानीको क्षणमा लिएको एउटा गलत निर्णयले फर्किन नसक्ने पीडा छोड्न सक्छ ।

        एकैछिन रोकिएर सोचौँ - घरमा तपाईँको सुरक्षित आगमनको प्रतीक्षामा आमाको चिन्तित आँखा, बुबाको अटुट भरोसा, श्रीमतीको सिन्दूर र छोराछोरीको बालसुलभ मुस्कान बसिरहेको हुन्छ । स्टेयरिङ समात्दा गरिने तपाईँको सानो सचेतताले कसैको सिउँदो उजाडिनबाट जोगिन सक्छ, कसैको काख रित्तिनबाट बच्न सक्छ ।

        त्यसैले आजैदेखि मनदेखि प्रतिज्ञा गरौँ - म स्टेयरिङसँगै जिम्मेवारी समाउनेछु, म जिम्मेवार चालक बन्नेछु र सडकलाई सबैका लागि सुरक्षित बनाउनेछु ।

ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।

–प्र.ब.ना.नि. बिष्णु थापा

प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

काठमाडाैं – सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आज साेमबारदेखि...

सडकमा बढी दुर्घटना हुने स्थान (Black Spot) : जोखिम र जोगिने उपायहरू

सडकमा बढी दुर्घटना हुने स्थान (Black Spot) : जोखिम र जोगिने उपायहरू

बढी दुर्घटना हुने स्थान (Black Spot) भन्नाले सडकको त्यो विशेष खण्ड वा क्षेत्रलाई...

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

अटोमोटिभ सुरक्षा कम्पनी अटोलिभ र प्रविधि कम्पनी टेन्सरले मिलेर संसारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...