बजाजको नयाँ पल्सर एन१६० सिंगल सिट भेरिएन्ट लन्च
बजाज अटोले आफ्नो लोकप्रिय १६० सीसी स्पोर्ट–नेकेड मोटरसाइकल, बजाज पल्सर...
दशै आउनु डेढ महिना अगाबै अटोमोबाइल बजारमा फेस्टिभल सिजन सुरुवात भएको छ । भदौदेखि कात्तिक महिना सम्मलाई नेपालमा फेस्टिभल सिजनका रुपमा लिने प्रचलन छ ।
यो सिजन सुरुवात भएँंगै बिभिन्न अटोमोबाइल बिक्रेता कम्पनीहरुले उपभोक्तालाई लक्षित गरी बिभिन्न स्किम तथा उपहार योजना उपलब्ध गराउँदै आइरहेका छन् । सवारीसाधनको माग बढी हुने र उपभोक्ताले यही सिजनको प्रतीक्षा गर्ने हुँदा पनि फेस्टिभल सिजनमा स्किम राख्नु कम्पनीहरुका लागि अनिवार्य जस्तै बनेको छ ।
यो सिजनमा आकर्षक स्किम तथा उपहार समावेश गर्न नसके आफ्नो उत्पादनको बिक्री नै प्रभावित हुने हुँदा पनि कम्पनीहरुले ग्राहक लोभ्याउन अनिबार्य नयाँ योजना उपलब्ध गराउन थालेका हुन् ।
यसपालीको फेस्टिभल सिजनमा सबैभन्दा पहिले फोटोनले स्किम सार्बजनिक गरेको छ । फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले साउन २८ गते नै फोटोन मोटर्स २०७८ सालको दशै अफर ल्याएको हो ।
सेभ टनाटन अर्न टनाटन स्लोगन सहित ल्याइएको सो योजना अन्तर्गत कम्पनीको भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिना सम्म किस्ता तिर्नु नपर्ने भएको छ । ८० प्रतिशत सम्म फाइनान्स, २ लाख ५० हजार रुपैयाँ सम्म छुट र १२ लाख रुपैयाँ मात्र डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ । साथै १ वर्षको लागि निःशुल्क बिमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ । यो भ्यानको मूल्य ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल यो छुट पाइनेछ भने पिकअप टुनल्यान्डको लागि पनि छिटै नै दशैं अफर आउने छ ।
फोटोनपछि महिन्द्रा गाडीको आधिकारिक बितरक अग्नि इन्कर्पोरेटेडले यस्तो अफर सार्बजनिक गरेको छ । कम्पनीले तीजलाई लक्षित गरी महिलाहरुको स्वामित्वमा रहेको महिन्द्रा गाडीको सर्भिसिङ निशुल्क गर्ने घोषणा गरेको छ । सानै भए पनि यसलाई पनि फेस्टिभल अफर नै मान्न सकिन्छ । विगत लामो समयदेखि नै दशैं र तिहारमा कुनै पनि स्किम सार्वजनिक नगर्ने यो कम्पनीले यसपाली भने महिलाहरुको पर्व तीजको अवसरमा महिलाहरुको सम्मानका लागि यस प्रकारको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराइने भनाइ छ ।
फोटोन र महिन्द्रालाई पछ्याउँदै ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले दशैं तिहार लक्षित स्किम सार्वजनिक गरेको छ । पायोनियर मोटोकर्पले ड्याटसन फेस्टिभ हटडिल योजना ल्याएको छ । गत वर्ष जस्तै यो वर्ष पनि ड्याटसन गाडी किन्दा विभिन्न छुट र अफर उपलब्ध गराइएको छ । यस अन्तर्गत ड्याटसन गाडी किन्दा १ लाख २५ हजार रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी करिब २८ हजार रुपैयाँ पर्ने रेडमी नोट १०एस पाइने छ । गाडी किन्ने ग्राहकका लागि १ वर्ष निःशुल्क इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स र ३ वर्षको वारेन्टी उपलब्ध हुनेछ ।
टु ह्विलरतर्फ बजाजले पहिलोपटक यस्तो अफर सार्वजनिक गरेको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’ नामक अफर ल्याएको हो ।
यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै यो स्किमका लागि रजिस्टर गरेर १० हजार रुपैयाँ सम्म छुट पाउन सकिने छ । यो रकम मोटरसाइकल खरिद गरे पछि भुक्तानी हुनेछ । दोस्रो डोज अन्तर्गत मोटरसाइकल किन्दा १ लाख रुपैयाँ सम्म छुट पाइने छ । अनि तेस्रो डोज अन्तर्गत मोटरसाइकल किने पछि प्रत्येक महिना एक जना ग्राहकले गोला प्रथामार्फत १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउने छन् । यसको नतिजा फेसबुक लाइभमार्फत दिइने छ ।
बजाज अटोले आफ्नो लोकप्रिय १६० सीसी स्पोर्ट–नेकेड मोटरसाइकल, बजाज पल्सर...
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...
जीतपुर – बारा जिल्लाको जितपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...