धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी
काठमाडौं – काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी...
दक्षिण कोरियाली कार निर्माता कम्पनी साङयोङले आफ्नो नाम रिब्रान्डिङ गर्दै ‘केजी मोबिलिटी’ राखेको छ । योसँगै ३५ वर्ष देखिको ब्रान्ड नेम परिवर्तन भएको छ ।
केही सञ्चार माध्यमहरुले सन् २०२२ को अगस्टमै साङयोङको नयाँ नाम केजी साङयोङ मोबिलिटी हुने समाचार सार्वजनिक गरेका थिए । तर कम्पनीका नयाँ अध्यक्ष क्वाक जी–सुनले गत जनवरीमा कम्पनीलाई केजी मोबिलिटीको नाममा ब्रान्डिङ गरिने बताएका थिए ।
दक्षिण कोरियाली समाचार संस्था योनहापले गत बुधबार यस सम्बन्धी जानकारी सार्वजनिक गर्दै सेयर होल्डरको बैठकले यस सम्बन्धी अन्तिम निर्णय गरेको बताएको छ । योसँगै कम्पनीको वेबसाइट समेत केजी मोबिलिटी ब्यानरमा आइसकेको छ ।
सन् २०२२ को मध्यमा दक्षिण कोरियामा स्टिल र फास्टफुड व्यवसाय गरिरहेको केजी ग्रुपले भारतको महिन्द्रा ग्रुपको सेयर किनेको थियो ।
अब केजी मोबिलिटीको नामबाट छिट्टै नै चार नयाँ मोडल बजारमा उपलब्ध हुनेछन् । टोरेस ईभीएक्स, इलेक्ट्रिक पिकअप ओ१००, इलेक्ट्रिक फुलसाइज एसयूभी एफ१०० र कम्प्याक्ट इलेक्ट्रिक एसयूभी केआर १० उपलब्ध हुनेछन् । यसका साथै केजी मोबिलिटीले केजी ग्रुपकै आईटी र सफ्टवेयर कम्पनीहरुसँग मिलेर नयाँ ईभी प्लेटफर्म समेत विकास गर्ने बताएको छ । अब सवारी साधनमा ब्रान्ड लोगो समेत परिवर्तन हुने अनुमान गरिएको छ ।
साङयोङ दक्षिण कोरियाको सबैभन्दा पुरानो कार निर्माता कम्पनी हो । साङयोङले एक्टन, कोरान्डो, रेक्सटन र रोडियस लगायतका विभिन्न मोडल बजारमा ल्याएको छ । नेपाली बजारमा समेत आईएमएस मोटर्सले यो ब्रान्डका सवारी साधनको कारोबार गर्दै आएको छ ।
सन् १९५४ मा स्थापित साङयोङ ब्रान्ड सन् १९८० पश्चात चर्चित बनेको थियो । दक्षिण कोरियाकै डेउ, चीनको एसएआईसी मोटर र भारतको महिन्द्रा एन्ड महिन्द्रा हुँदै हाल यो केजी ग्रुपको स्वामित्वमा आएको हो ।
काठमाडौं – काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी...
काठमाडौं – सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण अहिले अधिकांश...
डिएफएसके ब्रान्ड नेपाल भित्रिएको ३ बर्ष पुरा भएको छ । यो अबधीमा नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...