स्पेसदेखि ३६० डिग्री क्यामेरासम्म : यसरी बदल्दै छ नामी ०१ ले ‘माेडर्न ह्याचब्याक’ को परिभाषा

नेपालमा ‘ग्रेट ह्याचब्याक’ को अर्थ अहिले तीव्र गतिमा परिवर्तन भइरहेको छ । आजकाल ह्याचब्याक कार किन्ने ग्राहकहरु यसको कम्प्याक्ट साइज र बेसिक फिचरमा मात्र सीमित रहँदैनन् । उनीहरू एउटै प्याकेजमा स्पेस, सेफ्टी, कम्फर्ट, टेक्नोलोजी र स्टाइल चाहन्छन्।

यसै तथ्यलाई मनन गरी नेपालको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक बजारमा नामी ०१ आएको छ, जसले यो सेग्मेन्टलाई नयाँ रूपमा परिभाषित गरिरहेको छ।

चार होइन, पाँच जनाका लागि स्पेस सहितको ठूलो साइज

पहिले देखि नै उपलब्ध साधारण ह्याचब्याकहरूमा पछाडिको सिटमा केही सम्झौता गरिएको हुन्छ । तर नामी ०१ मा पाँच जना वयस्क व्यक्तिहरु आरामसहित बस्न सक्ने जेन्युइन स्पेस छ। यो व्यावहारिक र सुविधाजनक हुनुका साथै वास्तविक परिवार र सहरी यात्राका लागि बनाइएको छ । फराकिलो क्याबिन, फ्ल्याट फ्लोर र स्मार्ट लेआउटका कारण हरेक सिट उपयोगी र सुविधाजनक छन् भने पाँचै जना यात्रुका लागि सबै सुविधा उपलब्ध छन् ।

हरेक एङगल र हरेक ड्राइभलाई कभर गर्ने ३६० डिग्री क्यामेरा

३६० डिग्री क्यामेरा भयो भने सहरका साँघुरा गल्लीदेखि भीडभाडको ट्राफिक वा जटिल पार्किङ स्पेस सबैमा सहज हुन्छ । नामी ०१ ले चारैतिरको दृश्य देखाउँछ, ब्लाइन्ड स्पट र स्ट्रेस कम गराउँछ र हरेक ड्राइभमा आत्मविश्वास थपिदिन्छ ।

हरेक मौसमका लागि उपयुक्त हिटेड र भेन्टिलेटेड सिट

गाडीको अगाडि भागमा भएका हिटेड र भेन्टिलेटेड सिटले नामी ०१ को इन्टेरियरमा अपेक्षा गरे भन्दा बढी नै आरामदायी अनुभव हुन्छ । पहिले महंगा गाडीमा मात्र पाइने यो सुविधाले जाडोमा न्यानो र गर्मीमा चिसो अनुभव गराउँछन् र प्रत्येक मौसममा ‘रिल्याक्स ड्राइभिङ’ को अनुभूति दिलाउँछन् ।

अझै स्मार्ट र सुरक्षित ड्राइभिङका लागि लेभल २ एडास

नामी ०१ मा सुरक्षाका लागि लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) छ । यसमा भएका असिस्टिभ ब्रेकिङ, लेन सपोर्ट, एडेप्टिभ सेफ्टी र इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्ससहित कम्प्याक्ट ईभी सेगमेन्टमा नेक्स्ट–जेनेरेसन सेफ्टीको उपलब्धता सो ह्याचब्याकले गराएको छ ।

बोल्ड स्टान्स र मजबुत उपस्थिति सहित आर१७ टायर

नामी ०१ मा आर१७ ह्विल रहेको छ । सो ठूलो साइजको टायरले गाडीलाई रोडमा बलियो उपस्थिति, सुधारिएको स्थिरता र बोल्ड तथा कन्फिडेन्स अनुभव प्रदान गर्छ । ठूलो टायरको अर्थ ठूलो कन्फिडेन्स हो, लुक्स र पर्फमेन्स दुवैमा ।

यी मुख्य फिचर वाहेक नामी ०१ विभिन्न स्मार्ट टेक्नोलोजीले सुसज्जित छ, जसले गर्दा ह्याचब्याकको स्ट्यान्डर्ड नै बढेको छ । यी सबै कारण नामी ०१ आधुनिक नेपालका लागि वास्तविक प्रिमियम ईभी बन्न सफल भएको छ ।

एउटा फुल्ली इलेक्ट्रिक भेइकलको रुपमा यो गाडीले साइलेन्ट पर्फमेन्स, स्मुद एक्सिलरेसन र जिरो इमिसन प्रदान गर्छ, जसले नेपालको स्वच्छ र दिगो मोबिलिटीतर्फको यात्रालाई अझै प्रभावकारी बनाउन भूमिका खेलिरहेको छ ।

नेपालमा डोङफेङको आधिकारिक वितरकको रुपमा एमएडब्लु वृद्धि मोटर्स प्रालिले नामी ०१ लाई आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ । द्रुत रूपमा विकसित हुँदै गएको ईभी इकोसिस्टम र ग्राहक–केन्द्रित सेवाका साथ कम्पनीले नेपालमा विद्युतीय गतिशीलताको भविष्य अगाडि बढाइरहेको बताएको छ।

सम्बन्धित समाचारहरू

अर्को वर्ष इलेक्ट्रिक कार ल्याउने जिपको घोषणा

अर्को वर्ष इलेक्ट्रिक कार ल्याउने जिपको घोषणा

जिपको पहिलो फुल इलेक्ट्रिक मोडल अर्को वर्षको पहिलो ६ महिना भित्रै बजारमा...

नक्कलमा अक्कल : शाओमी एसयु७ को कपि ‘रेडमी एसयु७’ देखियो चीनमा

नक्कलमा अक्कल : शाओमी एसयु७ को कपि ‘रेडमी एसयु७’ देखियो चीनमा

चाइनिज कम्पनीहरु नक्कल गर्नमा पनि माहिर मानिन्छन् । यसै सन्दर्भमा हालै...

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...