अब भारतमै सवारी साधनको क्र्यास टेस्ट गर्न सकिने, आज शुभारम्भ हुँदै
भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...
चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप लन्च गरेको छ । गत बर्ष आयोजना भएको ग्वांझाउ अटो शोमा सोकेश गरिएको हन्टर पिकअपलाई कम्पनीले ८ भेरिएन्टमा लन्च गरेको हो । जसको मूल्य १९ हजार ४५० देखी ३० हजार १५० डलरसम्म निर्धारण गरिएको छ ।
सिंगल र डुअल मोटर भर्सनमा आएको सो नयाँ प्रबिधीयुक्त पिकअपमा २.० टी इन्जिन जडान गरिएको छ । १४० किलोवाट आवर क्षमता भएको सो इन्जिनले इलेक्ट्रिसिटी जेनेरेटरको भुमिका निर्बाह गर्दछ । यसको सिंगल मोटर भर्सनमा १३० किलोवाटको मोटरलाई रियर एक्सलमा राखिएको छ भने फोर ह्विल ड्राइभ भर्सनमा अगाडी अर्को ७० किलोवाट क्षमताको मोटर दिइएको छ ।
३१.१८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको उक्त पिकअपको इलेक्ट्रिक रेन्ज १८० किलोमिटर दावी गरिएको छ । यसको संयूक्त रेन्ज १ हजार ३१ किलोमिटर छ । ५६३० एमएम लामो हन्टरको ह्विलबेश ३४३० एमएम छ ।
सो नयाँ पिकअपमा १२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७.५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रुज कन्ट्रोल, म्याप नेभिगेसन, टर्न एसिस्ट लाइट, अटोमेटिक वाइपर, भ्वाइस कन्ट्रोल, ओटिए अपग्रेड, लेदर स्टेरिङ ह्विल, ४० वाटको वायरलेस चर्जिङ, लेदर सिट, सिट हिटिङ र रियर एसी भेन्ट लगायत सविधा पाउन सकिन्छ ।
हन्टर नेपाली बजारमा समेत बिक्री हुँदै आएको पिकअप हो । यसको रेगुलर भर्सनलाई एमएडब्लु बृद्धि अटोकर्पले आयत गरी बिक्री गर्दै आएको छ ।
भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...
अन्तरिक्ष यात्राको लागि आफ्नो कम्पनी ब्लु ओरिजिनको पहिलो उडानका साथ तीन...
चिनियाँ कार निर्माता कम्पनी चांगनले सानो इलेक्ट्रिक कार ‘लुमिन कर्न’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...