बीवाईडीको ब्राजिल प्लान्टले अर्जेन्टिना र मेक्सिकोबाट पायो १ लाख युनिट अर्डर
काठमाडौं–बीवाईडीको ब्राजिल प्लान्टले सञ्चालनमा आएको छोटो अबधीमै...
चाइनिज कम्पनीहरु नक्कल गर्नमा पनि माहिर मानिन्छन् । यसै सन्दर्भमा हालै स्मार्टफोन निर्माता कम्पनी शाओमीले बजारमा ल्याउने तयारी गरिरहेको इलेक्ट्रिक कार एसयु७ को नक्कल कपि समेत चिनियाँ बजारमा देखिएको छ ।
सो गाडीको खास नाम युन्लेई हो र यसको निर्माता कम्पनी शान्डोङ यान्लु न्यु इनर्जी हो । शाओमी एसयु७ सेडान भए पनि यो नयाँ ईभ ीभने कम्प्याक्ट एसयूभी हो । शाओमीले पहिलो ईभी अर्को वर्षको शुरुमा उपलब्ध गराउने भए पनि युन्लेई भने यो भन्दा पहिले नै उपलब्ध भइसकेको छ ।
युन्लेईका डिजाइनरले कति सम्म गरेका छन् भने यसको फ्रन्ट फेस, हेडलाइट र हुडको आकार ठ्याक्कै शाओमीको ब्लु बे सिग्नेचर कलरमा जस्तै छ ।
सो नक्कली एसयु७ अर्थात युन्लेईलाई लो–स्पिड इलेक्ट्रिक भेइकल अर्थात एलएसईभीजको क्याटागोरीमा राख्न सकिन्छ । यस्ता ईभी साना र सबैले किन्न सक्ने गरी पहुँचयोग्य हुन्छन् । यसको स्पिड र रेन्ज पनि सीमित हुन्छ ।
चाइनिज मिडियाहरुले युन्लेईलाई रेडमी एसयु७ उपनाम दिएका छन् । शाओमीले पनि कम मूल्य पर्ने स्मार्टफोनलाई रेडमी ब्रान्डमा उत्पादन गर्ने गर्छ ।

शाओमी एसयु७ भने गत मार्च २८ मा चीनमा लन्च गरिएको थियो । आगामी नोभेम्बर सम्म यसको १ लाख युनिट डेलिभरी गर्ने कम्पनीको योजना थियो र पछिल्लो सममया धेरै माग भए बमोजिम १ लाख २० हजार युनिट डेलिभरीको लक्ष्य छ ।
काठमाडौं–बीवाईडीको ब्राजिल प्लान्टले सञ्चालनमा आएको छोटो अबधीमै...
काठमाडौं मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी...
बजाज अटोले अपडेटेड नयाँ इलेक्ट्रिक स्कुटर चेतक लन्च गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...