नक्कलमा अक्कल : शाओमी एसयु७ को कपि ‘रेडमी एसयु७’ देखियो चीनमा

चाइनिज कम्पनीहरु नक्कल गर्नमा पनि माहिर मानिन्छन् । यसै सन्दर्भमा हालै स्मार्टफोन निर्माता कम्पनी शाओमीले बजारमा ल्याउने तयारी गरिरहेको इलेक्ट्रिक कार एसयु७ को नक्कल कपि समेत चिनियाँ बजारमा देखिएको छ ।

सो गाडीको खास नाम युन्लेई हो र यसको निर्माता कम्पनी शान्डोङ यान्लु न्यु इनर्जी हो । शाओमी एसयु७ सेडान भए पनि यो नयाँ ईभ ीभने कम्प्याक्ट एसयूभी हो । शाओमीले पहिलो ईभी अर्को वर्षको शुरुमा उपलब्ध गराउने भए पनि युन्लेई भने यो भन्दा पहिले नै उपलब्ध भइसकेको छ ।

युन्लेईका डिजाइनरले कति सम्म गरेका छन् भने यसको फ्रन्ट फेस, हेडलाइट र हुडको आकार ठ्याक्कै शाओमीको ब्लु बे सिग्नेचर कलरमा जस्तै छ ।

सो नक्कली एसयु७ अर्थात युन्लेईलाई लो–स्पिड इलेक्ट्रिक भेइकल अर्थात एलएसईभीजको क्याटागोरीमा राख्न सकिन्छ । यस्ता ईभी साना र सबैले किन्न सक्ने गरी पहुँचयोग्य हुन्छन् । यसको स्पिड र रेन्ज पनि सीमित हुन्छ ।

चाइनिज मिडियाहरुले युन्लेईलाई रेडमी एसयु७ उपनाम दिएका छन् । शाओमीले पनि कम मूल्य पर्ने स्मार्टफोनलाई रेडमी ब्रान्डमा उत्पादन गर्ने गर्छ ।

शाओमी एसयु७ भने गत मार्च २८ मा चीनमा लन्च गरिएको थियो । आगामी नोभेम्बर सम्म यसको १ लाख युनिट डेलिभरी गर्ने कम्पनीको योजना थियो र पछिल्लो सममया धेरै माग भए बमोजिम १ लाख २० हजार युनिट डेलिभरीको लक्ष्य छ ।

सम्बन्धित समाचारहरू

नेपालमा इलेक्ट्रिक स्कुटर र बाइकका ब्याट्री : कसरी फेर्ने ? कहिले फेर्ने ? के छ सम्भावना ?

नेपालमा इलेक्ट्रिक स्कुटर र बाइकका ब्याट्री : कसरी फेर्ने ? कहिले फेर्ने ? के छ सम्भावना ?

नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीको बिक्री बढ्दै गएको छ। तर यसमा भएको...

तीन महिनामा भित्रिए २५ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

तीन महिनामा भित्रिए २५ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेखिय बृद्धि...

इलेक्ट्रिक माइक्रोमा बढ्यो क्रेज, गरुड सेक्युरिटिजले किन्यो एकैपटक ४ इलेक्ट्रिक माइक्रो बस

इलेक्ट्रिक माइक्रोमा बढ्यो क्रेज, गरुड सेक्युरिटिजले किन्यो एकैपटक ४ इलेक्ट्रिक माइक्रो बस

नेपाली बजारमा इलेक्ट्रिक भेइकलको माग दिनप्रतिदिन बढ्दै गएको छ । माग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...