सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

टोयोटाले आगामी पुस्ताको इलेक्ट्रिक सवारी साधनका लागि सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने दिशामा अघि बढिरहेको बताएको छ । कम्पनीले बजारमा थप इनर्जी स्टोरेज र फास्ट चार्जिङको प्रविधि ल्याउने वाचा गरेको छ । यो वाहेक अन्य केही कम्पनीले समेत यस दिशामा कार्य गरिरहेका छन् ।

पछिल्लो समयमा सोलिड स्टेट ब्याट्रीको चर्चा निकै नै चुलिएको छ । त्यसैले यस वारेमा जान्नु आवश्यक छ ।

के हो सोलिड स्टेट ब्याट्री ?
सोलिड स्टेट ब्याट्रीमा ठोस इलेक्ट्रोलाइट्सको पातलो लिथियम आयोनको प्रयोग गरिन्छ । हाल लिथियम आयोन ब्याट्रीको व्यापक प्रयोग भइरहेको छ, जसमा लिक्विड इलेक्ट्रोलाइट्सको उपयोग गरिएको हुन्छ ।

पेसमेकर र स्मार्ट घडी जस्ता सानो इलेक्ट्रोनिक उपकरणमा सोलिड स्टेट ब्याट्रीको उपयोग गरिएको हुन्छ । तर, ईभी कारका लागि भने यस्ता ब्याट्रीको उत्पादन सुस्त गतिमा भइरहेको छ । टोयोटाले सोलिड स्टेट ब्याट्रीको स्थायित्वको समस्यालाई समाधान गरेको र यसको उत्पादन सन् २०२७÷२०२८ मा सुरु हुने अपेक्षा गरिएको बताएको छ ।

सोलिड स्टेट ब्याट्रीको फाइदा के ?
सोलिड स्टेट ब्याट्रीले लिक्विड लिथियम आयोन ब्याट्रीको तुलनामा धेरै इनर्जी स्टोर गर्न सक्छ । यसका कारण नै रेन्जसँग जोडिएका सबै समस्या समाधान हुने र मानिसहरुले सहज तरिकाले ईभी खरिद गर्न सक्ने आशा गरिएको छ । गत मार्चमा रोयटर्सले गरेको एक सर्वेक्षणमा सामेल ३५ प्रतिशत अमेरिकीहरुले ८०४ किलोमिटर भन्दा धेरै रेन्ज भएको सवारी साधन चाहने तर यस्ता ईभी धेरै कम भएको बताएका थिए । चार्जिङ समय कम गर्ने तरिकाको रुपमा समेत सोलिड स्टेट ब्याट्रीको उपयोग हुने आशा गरिएको छ ।

टोयोटाले आफ्नो सोलिड स्टेट ब्याट्री चार्ज हुन १० मिनेट भन्दा कम समय लाग्ने अपेक्षा गरेको छ । टेस्ला सुपरचार्जर नेटवर्कले १५ मिनेटमा ३२१ किलोमिटर बराबरको चार्जिङ प्रदान गर्छ र यो सुरक्षित पनि छ । लिक्विड लिथियम आयोन ब्याट्रीमा इलेक्ट्रोलाइट उच्च तापमानमा अस्थिर र ज्वलनशील हुन्छ, जसको मतलब आगो वा रासायनिक चुहावटको जोखिम हुन्छ ।

सोलिड स्टेट ब्याट्री निर्माण कार्य कठिन
यद्यपि सोलिड स्टेट ब्याट्री उत्पादन गर्न भने कठिन छ । अटो मेकर्स तथा टेक्नोलोजी कम्पनीहरुले प्रोटोटाइपमा ईभीका लागि यस प्रकारको ब्याट्री उत्पादन गरेका छन्, तर अहिले सम्म धेरै संख्यामा यस्ता ब्याट्री उत्पादन गर्न सकेका छैनन् ।

सोलिड इलेक्ट्रोलाइटको डिजाइन गर्न मुश्किल पनि छ, किनकि यो स्टेबल र रासायनिक रुपमा निष्क्रिय हुन्छ । तर पनि इलेक्ट्रोडको बीचमा आयोन राम्रो कन्डक्टर हुन्छ । यसलाई बनाउन महँगो पनि हुन्छ र बिचमा छुट्ने जोखिम पनि हुन्छ । त्यसैले सोलिड स्टेट ब्याट्री लिक्विड लिथियम आयोन ब्याट्रीको तुलनामा महँगो हुन्छ ।

यी कम्पनीले बनाउँदै छन् यस्ता ब्याट्री
हाल टोयोटाले पानासोनिकसँग मिलेर सोलिड स्टेट ब्याट्री निर्माण गरिरहेको बताएको छ । त्यसैगरी निसानले २०२८ सम्म धेरै संख्यामा यस्ता ब्याट्री बजारमा ल्याउने बताएको छ । होन्डाले पनि यस क्षेत्रमा कार्य गरिहेको छ, तर बजारमा ल्याउने समय सीमा तोकेको छैन । बिल गेट्स र फक्सवागनद्वारा समर्थित अमेरिकी ब्याट्री स्टार्ट अप कम्पनी क्वान्टमस्केपले ६ सवारी साधन निर्माता कम्पनीसँग मिलेर यसका लागि कार्य गरिरहेको छ ।

मर्सिडिज बेन्ज, स्टेलान्टिस र टोटल इनर्जिज मिलेर एक भेन्चर, अटोमोटिभ सेल्स कम्पनी, बनाएका छन्, जसले ताइवानस्थित ब्याट्री निर्माता प्रोलोगियम टेक्नोलोजीसँग मिलेर सोलिड स्टेट ब्याट्री विकास गर्ने सम्झौता गरेका छन् । फोर्ड र बीएमडब्ल्युले अमेरिकामा अवस्थित स्टार्टअप सोलिड पावरमा लगानी गरेका छन् । यसले प्रोटोटाइप ब्याट्री उत्पादन गरिरहेको छ । त्यसैगरी हुन्डाई मोटरले पनि सन् २०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री बजारमा ल्याउने बताएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

काठमाडाैं – नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री मोटरसाइकल पी–० र पी–१...

गुरुङले जिते याडियाको फिफा वर्ल्ड कप २०२२ च्यालेन्ज, पाए याडिया वाईएस ५०० ई–बाइक

गुरुङले जिते याडियाको फिफा वर्ल्ड कप २०२२ च्यालेन्ज, पाए याडिया वाईएस ५०० ई–बाइक

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

काठमाडाैं – आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...