एसएमएल इसुजुको सर्भिस क्याम्प सम्पन्न, १२० गाडीले लिए फाइदा

काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले फ्रि सर्भिस चेकअप क्याम्प सम्पन्न गरेको छ । गत भाद्र २५ देखि सुरु भएको सो क्याम्प भाद्र ३० गते सम्म चलेको थियो ।

काठमाडौको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा सञ्चालन गरिएको सो क्याम्पमा १२० एसएमएल इसुजु गाडीको चेकजाँच गरिएको कम्पनीले जनाएको छ ।

सो सर्भिस क्याम्पमा एसएमएल इसुजुका ग्राहकहरुले अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको शतप्रतिशत फ्रि चेकजाँच सुविधा पाएका थिए ।

त्यस्तै, क्याम्पमा सामान्य मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा पनि शतप्रतिशत छुट दिइएको थियो । यसका अतिरिक्त विशिष्टीकृत मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट दिइएको थियो ।

त्यस्तै लुब्रिकेन्टहरुमा १५ प्रतिशत छुट उपलब्ध गराइएको थियो भने स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध रहेको थियो ।

साथै, फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि बिशेष गिफ्टहरु समेत प्रदान गरिएको थियो ।

सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरुको लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ। गाडीहरुमा भएको परिवर्तन र सञ्चालन बिधि सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

लक्ष्मी कमर्सियल भेइकल्सले आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरुमार्फत बिक्रीपछिको मर्मतसम्भार तथा स्पेयर पार्ट्सको सुविधा दिँदै आएको छ ।

आगामी दिनमा उपत्यका वाहिर समेत यस प्रकारको क्याम्प आयोजना गरिने र सबैभन्दा पहिले केही समयमै नेपालगन्जमा सो क्याम्प आयोजना हुने कम्पनीको भनाइ छ ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुन्डाईका प्यासेन्जर कारहरु, बीएमडब्लुका कारहरुको समेत नेपालको लागि आधिकारिक बिक्रेता हो।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ।

मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

नयाँ गाडी खरिदमा समेत आकर्षक छुटको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

एसएमएल इसुजुका कमर्सियल गाडीको ‘फ्रि सर्भिस क्याम्प’ सुरु

एसएमएल इसुजुका कमर्सियल गाडीको ‘फ्रि सर्भिस क्याम्प’ सुरु

एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल्स...

टाइम्स मोटर्सले पुरा ग-यो ३ वर्ष, थप जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता

टाइम्स मोटर्सले पुरा ग-यो ३ वर्ष, थप जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता

काठमाडौं – टाइम्स मोटर्सले ३ वर्ष पुरा गरेको छ । टाइम्स मोटर्सले हाल...

इसुजु एस–क्याब अब ९ लाख ९० हजार डाउन पेमेन्टमा, ७५ प्रतिशत फाइनान्स गर्न सकिने

इसुजु एस–क्याब अब ९ लाख ९० हजार डाउन पेमेन्टमा, ७५ प्रतिशत फाइनान्स गर्न सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध इसुजु कम्पनीको एस–क्याब पिकअप ९ लाख ९०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...