सुर्खेतमा एसएमएल इसुजुको निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न

सुर्खेत—एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले सुर्खेतमा निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न गरेको छ । क्याम्प पदमपुरस्थित साझा स्टोरमा जेठ ११ देखि १४ गते सम्म आयोजना गरिएको हो ।

उक्त क्याम्पको उद्घाटन एसएमएल इसुजुको कन्ट्री म्यानेजर–सुमन नागपाल र सर्भिस हेड–मनोज सीसैनी तथा लक्ष्मी कमर्शियल भेइकल्सका सेल्स हेड तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा साझा स्टोरका सञ्चालक मदन खड्का, सुर्खेत काक्रे विहार यातायात प्रालिका अध्यक्ष रमेस सापकोटा, देउती नागरिक प्रालिका सचिव रमेश खड्का र विभिन्न उद्योग तथा यातायात क्षेत्रका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

क्याम्प अवधिमा एसएमएल इसुजुका टिमले गाडी मालिक तथा चालकहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको अनुभव, समस्या, र सुझावहरू संकलन गरे । उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिमा आफ्नो प्रतिबद्धता पुरा गर्न क्याम्प आयोजना गरिएको हो ।

क्याम्पमा १५० भन्दा बढी सवारीसाधन सहभागी भएको र ग्राहकलाई सामन्य मर्मतमा शत् प्रतिशत निःशुल्क सेवा प्रादन गरिएको थियो । यसैगरी, ठूला मर्मतमा ५० प्रतिशत छुट, लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट दिइएको थियो भने सम्पूर्ण सवारीको चेकअप निःशुल्क गरिएको थियो । सहभागिलाई आकर्षक गिफ्ट ह्याम्परको साथै नयाँ सवारी खरिदमा विशेष छुट समेत प्रदान गरिएको थियो ।

नेपालभर रहेका आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र साथ दिन कम्पनीले आगामी दिनमा पनि यस्तो क्याम्पलाई निरन्तरता दिँदै जाने जनाएको छ । क्याम्पले ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ बनाएको र एसएमएल इसुजुका सवारी साधनप्रति विश्वास तथा सन्तुष्टि बढाएको कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डि–म्याक्स भी–क्रसलाई अपडेट गरेर...

इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

काठमाडौं – इसुजुको काठमाडौंका लागि डिलर टाइम्स मोटर्सले आज देखि एक्सचेन्ज...

एसएमएल इसुजुको सर्भिस क्याम्प सम्पन्न, १२० गाडीले लिए फाइदा

एसएमएल इसुजुको सर्भिस क्याम्प सम्पन्न, १२० गाडीले लिए फाइदा

काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...