बिर्तामोडमा एसएमएल ईसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं–एसएमएल इसुजुको नेपालका लागि एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले बिर्तामोडमा ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ ।

पर्शुराम पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय सञ्चालक, व्यवसायी, सामाजिक व्यक्तित्वहरू र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहित १५० भन्दा बढी सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने, बिर्तामोडमा नयाँ शाखाको उद्घघोषण गर्ने र एसएमएल ईसुजु ब्रान्डका सवारीसाधनको बारेमा जानकारी गराउनु रहेको थियो । कार्यक्रममा उत्पादन प्रस्तुतीकरण, प्रत्यक्ष अन्तरक्रिया र नेटवर्किङ डिनरको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकल्सका सेल्स तथा अफ्टर सेल्स हेड सञ्जय खड्काले कम्पनीको सेवाप्रति प्रतिबद्धता व्यक्त गरे भने बस इन्चार्ज रामहरी थपलियाले एसएमल ईसुजुको प्रविधिगत पक्षबारे जानकारी दिए ।

सहभागीहरूले उत्साहजनक प्रतिक्रिया दिएको र यसले कम्पनीको ‘ग्राहक पहिलो’ नीतिलाई थप मजबुत बनाएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...

सुर्खेतमा एसएमएल इसुजुको निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न

सुर्खेतमा एसएमएल इसुजुको निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न

सुर्खेत—एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल...

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...