एसएमएल इसुजुका कमर्सियल गाडीको फ्रि सर्भिस चेकअप क्याम्प सुरु

काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले फ्रि सर्भिस चेकअप क्याम्प प्रारम्भ गरेको छ । आज भाद्र २५ देखि सुरु भएको सो क्याम्प आगामी भाद्र ३० गते आइतबार सम्म चल्ने छ ।

कम्पनीले काठमाडौको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा क्याम्प सञ्चालन गरेको हो।

सो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको शतप्रतिशत फ्रि चेकजाँच सुविधा पाउनेछन्।

त्यस्तै, क्याम्पमा सामान्य मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा पनि शतप्रतिशत छुट दिइनेछ। यसका अतिरिक्त विशिष्टीकृत मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट दिइने कम्पनीले उल्लेख गरेको छ।

त्यस्तै लुब्रिकेन्टहरुमा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ भने स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट सुविधा रहेको कम्पनीको भनाइ छ।

साथै, फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि बिशेष गिफ्टहरु प्रदान गरिनेछ।

सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरुको लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ। गाडीहरुमा भएको परिवर्तन र सञ्चालन बिधि सम्बन्धी तालिम सञ्चालन गरिनेछ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर विभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराई सुविधा लिन आफ्ना ग्राहकहरुलाई लक्ष्मी कमर्सियल भेइकल्सले अनुरोध गरेको छ।

आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरुमार्फत बिक्रीपछिको मर्मतसम्भार तथा स्पेयर पार्ट्सको सुविधा दिँदै आएको छ ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुन्डाईका प्यासेन्जर कारहरु, बीएमडब्लुका कारहरुको समेत नेपालको लागि आधिकारिक बिक्रेता हो।

लक्ष्मी ग्रुपलेनै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक वितरक भई कार्य गरिआएको छ।

यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरी नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ।

मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

नयाँ गाडी खरिदमा समेत आकर्षक छुटको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

८० प्रतिशतसम्म फाइनान्समा इसुजु पिकअप, यस्तो छ अन्य सुविधा

८० प्रतिशतसम्म फाइनान्समा इसुजु पिकअप, यस्तो छ अन्य सुविधा

इसुजु गाडीको विक्रेता टाइम्स मोटर्सले दशैं स्किम ल्याएको छ । सो स्किम...

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

काठमाडौं – काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी...

यस्तो छ हालै सार्वजनिक भएको बीएस६ इन्जिनयुक्त इसुजु हाइल्यान्डर पिकअपका ५ विशेषता

यस्तो छ हालै सार्वजनिक भएको बीएस६ इन्जिनयुक्त इसुजु हाइल्यान्डर पिकअपका ५ विशेषता

भारतमा हालै इसुजुको हाइल्यान्डर पिकअप बीएस६ इन्जिनमा सार्वजनिक गरिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...