एक्स्ट्रिम इनर्जी ड्रिंकको ‘ध्यानमा सुन’ अभियान सम्पन्न : विजेतालाई सुनको बल हस्तान्तरण, पौडेलले जिते बाइक
काठमाडौं – एक्स्ट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा...
काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको पाँचौ वार्षिक साधारण सभा तथा डिलर सम्मेलन सौराहामा सम्पन्न भएको छ ।
कम्पनीका शेयर सदस्य, ग्राहक, डिलर तथा सब–डिलरहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोहमा कम्पनीको वार्षिक गतिविधि, कारोबारको समीक्षा तथा आगामी योजनाबारे छलफल गरिएको थियो । कार्यक्रमका क्रममा कम्पनीको कारोबारमा उल्लेखनीय वृद्धि भएको जानकारी दिइएको थियो ।
औपचारिक कार्यक्रमका साथै सहभागीहरूलाई सौराहाको पर्यटन र स्थानीय संस्कृतिसँग नजिक गराउने उद्देश्यले विशेष सांस्कृतिक तथा पर्यटकीय गतिविधि पनि आयोजना गरिएको थियो ।
जसअनुसार सहभागीहरूले स्थानीय थारू संस्कृतिमा आधारित नृत्य अवलोकन गर्नुका साथै रोमाञ्चक हात्ती सफारीको अनुभवसमेत बटुलेका थिए ।
कार्यक्रमलाई सफल बनाउन निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहक, डिलर, सब–डिलर तथा शेयर सदस्यहरूप्रति कम्पनीका कार्यकारी निर्देशक सुरज बराइलीले आभार व्यक्त गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...