चांगानले पोखरामा सार्वजनिक ग-यो दिपल ईभी
पोखरा – नेपालका लागि चांगान गाडीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...
काठमाडौँ – सार्वजनिक यातायातमा हुने खुद्रा पैसाको झन्झट, तोकिएभन्दा बढी भाडा असुली तथा यात्रु–सहचालकबीच हुने विवाद समाधान गर्ने उद्देश्यले ‘फिनटेक इन्टरनेसनल प्रालि’ले स्मार्ट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ। कम्पनीले जीपीएस र जिओ–फेन्सिङ प्रविधिमा आधारित ‘भ्यालिडेटर’ मसिनमार्फत नगदरहित भाडा भुक्तानी सेवा सुरु गरेको हो।
हाल यो प्रणाली रिद्धिसिद्धि यातायातअन्तर्गत नेपाल इन्जिनियरिङ कलेज रुटमा सञ्चालनमा आइसकेको छ। कम्पनीका अनुसार ३९ वटा बसमा सेवा सुरु भइसकेको छ भने नेपाल राष्ट्रिय सार्वजनिक यातायात र मच्छे राजधानी यातायातसँग पनि सहकार्य भइसकेको छ। निकट भविष्यमै थप सार्वजनिक सवारीमा यो प्रविधि विस्तार गर्ने योजना कम्पनीको छ।
झन्डै छ वर्षअघि स्थापना भएको कम्पनीले कोभिड–१९ महामारीअघि नै पीओएस मसिनमार्फत परीक्षण थालेको थियो। अहिले भने परिमार्जित प्रणालीसहित सार्वजनिक यातायातमा स्मार्ट कार्ड प्रयोग सुरु गरिएको कम्पनीले जनाएको छ।
फिनटेक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठका अनुसार बैंकिङ र ई–कमर्स क्षेत्र डिजिटल भइसके पनि सार्वजनिक यातायातमा भने अझै परम्परागत भाडा प्रणाली कायम रहेकाले नयाँ प्रविधि ल्याइएको हो।
नयाँ प्रणालीअनुसार यात्रुले बसमा चढ्दा स्मार्ट कार्ड ‘ट्याप इन’ गर्नुपर्ने हुन्छ भने ओर्लिने बेला ‘ट्याप आउट’ गर्नुपर्छ। प्रणालीमा सम्बन्धित रुटको भाडादर पहिल्यै सेट गरिएको हुन्छ। यात्रु चढ्दा अधिकतम भाडा होल्ड गरिन्छ र गन्तव्यमा पुगेपछि यात्रा गरेको दूरीअनुसारको मात्रै रकम काटेर बाँकी रकम कार्डमै फिर्ता हुन्छ।
कम्पनीले फिजिकल स्मार्ट कार्डसँगै मोबाइल एपमार्फत क्यूआर कोड स्क्यान गरेर पनि भाडा तिर्न सकिने व्यवस्था गरेको छ। विशेषगरी इन्टरनेट नभएको अवस्थामा पनि काम गर्ने ‘अफलाइन क्यूआर’ प्रणाली तयार गरिएको कम्पनीको दाबी छ। यात्रुले इन्टरनेट भएको बेला क्यूआर तयार गरेर राख्न सक्ने र यात्रा गर्दा त्यही क्यूआर प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्ड वितरण तथा रिचार्ज प्रक्रियालाई पनि विभिन्न माध्यमबाट सहज बनाउने तयारी भइरहेको कम्पनीले जनाएको छ। अहिले कम्पनीका प्रतिनिधि वा एजेन्टमार्फत कार्ड उपलब्ध गराइँदै आएको छ भने भविष्यमा ई–सेवा, कनेक्ट आईपीएस तथा फोनपेजस्ता डिजिटल वालेटमार्फत पनि कार्ड रिचार्ज गर्न सकिने योजना रहेको बताइएको छ।
यो प्रणालीले यात्रुलाई मात्र नभई यातायात व्यवसायीलाई पनि आर्थिक पारदर्शिता कायम गर्न सहयोग गर्ने कम्पनीको दाबी छ। व्यवसायीले वेब पोर्टलमार्फत दैनिक आम्दानीको विवरण हेर्न सक्नेछन् भने यात्रुले तिरेको भाडा भोलिपल्ट सम्बन्धित व्यवसायीको बैंक खाता वा वालेटमा जम्मा हुने व्यवस्था गरिएको छ।
पोखरा – नेपालका लागि चांगान गाडीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...
काठमाडौं– वर्ष २०२४ पुरै ईभीमय बनेर बिदा भएको छ । यसवर्ष नेपाली बजारमा डेढ...
आकर्षक कारका लागि चर्चित मिनीले आफ्नो सबैभन्दा लोकप्रिय कार कुपरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...