विश्वकै अग्रणी अटोमोबाइल निर्मातामध्ये एक ‘बीएआईसी’को प्रेरणादायी यात्रा, नेपालमा बिक्री सुरु हुँदै

काठमाडौँ–विश्वकै ठूला र प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक बीएआईसी (बेइजिङ अटोमोबाइल इन्डस्ट्री होल्डिङ कम्पनी लिमिटेड) आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालको स्थापित र विश्वासिलो व्यावसायिक घराना लक्ष्मी ग्रुप मार्फत बीएआईसीका सवारीसाधन नेपाल भित्रिएका हुन् ।

लक्ष्मी ग्रुप र बीएआईसी बीचको यो साझेदारीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । यस सहकार्यमार्फत नेपाली ग्राहकले विश्वस्तरीय नवप्रवर्तन, उच्च गुणस्तर र आधुनिक मोबिलिटी समाधानको अनुभव लिन पाउनेछन् ।

सन् १९५८ मा चीनको बेइजिङमा एउटा सानो अटोमोबाइल कारखानाका रूपमा स्थापना भएको बीएआईसीले करिब सात दशक लामो यात्रा तय गरिसकेको छ । चीनको पहिलो यात्रुवाहक सवारीसाधन र देशकै पहिलो आम–उत्पादन गरिएको प्रतिष्ठित अफ–रोड गाडी बीजे२१२ निर्माण गरेर यसले आफ्नो यात्रा सुरु गरेको थियो ।

निरन्तरको अनुसन्धान, विकासमा ठूलो लगानी र रणनीतिक साझेदारीका कारण बीएआईसी आज विश्वका ८० भन्दा बढी देशहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै विश्वव्यापी अग्रणी अटोमोबाइल कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ ।

हाल चीनको प्रमुख अटोमोबाइल समूहहरूमध्ये अग्रपंक्तिमा आउने बीएआईसीले यात्रुवाहक, व्यावसायिक तथा न्यु इनर्जी भेइकल उत्पादन गर्दै आएको छ । विश्वप्रसिद्ध ब्रान्ड मर्सिडिज वेन्ज र हुन्डाई सँगको दीर्घकालीन संयुक्त सहकार्यले यसको उत्पादन क्षमता र प्रविधिलाई अझ सुदृढ बनाएको छ । विशेषगरी स्मार्ट मोबिलिटी र विद्युतीकरणमा कम्पनीले जोड दिँदै आएको छ ।

लक्ष्मी ग्रुपमार्फत बीएआईसी नेपाल भित्रिएसँगै नेपाली सवारी धनी तथा ग्राहकले विश्वस्तरीय प्रविधियुक्त, भरपर्दो र साहसिक यात्राका लागि उपयुक्त आधुनिक गाडी प्रयोग गर्ने अवसर पाउनेछन् । लक्ष्मी ग्रुपले खडा गरेको देशव्यापी नेटवर्क मार्फत ग्राहकले बिक्री पछिको सेवामा प्रत्यक्ष लाभ पाउनेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...