टाटाले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, अल्ट्रोज पनि ईभीमा आउने
टाटा मोटर्सले टाटा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र पन्च ईची लन्च...
नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले पूर्वी नेपालको इटहरीमा आफ्नो शोरुम औपचारिक रुपमा उदघाटन गरेको छ । कम्पनीले नेपालमा पाइने विद्युतीय सवारी साधनहहरु मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्र्याएको थियो ı
प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले एक समारोहका बिच रिवन काटेर बिक्री कक्षको उदघाटन गरे । उदघाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्री म्यानेजर भिरा एवं जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालको उपस्थिति रहेको थियो ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मिडल इस्ट, रसिया सहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ ı स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो ।
राम्रो फाइनान्सियल ब्याकअप, रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको बताइएको छ । भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण शुरु गरेको थियो ı नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रान्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरु नेपालमा बिक्री गरेको दावी गरेको छ ।
जी मोटर्सले स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्रान्ड र नेपालमा जी मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको बताएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन्, ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडी बिक्री गर्छौं, उहाँहरु घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान् सोचका साथ उही लक्जरी प्राप्त हुने विकल्पको रुपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ ı त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहिं कति पनि चुक्नेछैनौं ı हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौं ı हामी सँग यथेष्ठ स्पेयर पार्ट्स जगेडा छन् ।’
समारोहमा बोल्दै जी मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले भने, ‘स्काईवेल साधारण ईभी मात्र होइन, यो प्रिमियम एसयुभी ब्रान्डको खपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो ı यो सवारी चढेर हिंड्ने हाम्रा ग्राहकले जति गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्रान्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो । त्यसमा हामी कहिं चुक्ने छैनौं ।’
एक करोड १५ लाख रुपैंया मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरुवाती भेरिएन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैंया मूल्य पर्छ ı यसै बर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउने कम्पनीको भनाइ छ ।
टाटा मोटर्सले टाटा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र पन्च ईची लन्च...
काठमाडौं – लोकप्रिय हास्य कलाकार हरिबंश आचार्य प्रसिद्ध चिनियाँ...
काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...