१० लाख ६९ हजार भारुमै आयो कुशाक फेसलिफ्ट, यस्तो छ विशेषता
स्कोडाकाे आफ्नो वहुप्रतिक्षित एसयूभी कुशाक फेसलिफ्ट लन्च हुने भएको छ ।...
स्कोडा काइल्याक एसयूभी भारतीय बजारमा सार्वजनिक भएको छ । विशेष रुपमा विकास गरिएको सब–फोर मिटर एसयूभीको एक्स शोरुम मूल्य ७ लाख ८९ हजार भारु तोकिएको छ । यसको बुकिङ आगामी डिसेम्बर २ देखि शुरु हुनेछ । जनवरी अन्त्य देखि यसको डेलिभरी गरिने छ ।
नेपाली बजारमा समेत पहिले देखि नै उपलब्ध स्कोडा कुशाक जस्तो देखिने काइल्याकको फ्रन्ट र रियर धेरैजसो कुशाकसँग मिल्दोजुल्दो छ । यसमा १७ इन्चको अलोय ह्विल छ । यसको बोल्ड रोड प्रेजेन्सबाट धेरैलाई आकर्षण गर्ने अनुमान गरिएको छ । कम बजेट भएका ग्राहकलाई यसले आकर्षण गर्ने अनुमान गरिएको छ ।
स्कोडा काइल्याकको इन्टेरियर धेरै एड्भान्स्ड फिचर रहेका छन् । यसमा ड्युअल डिजिटल स्क्रिन, पावर्ड ड्राइभर सिट, लेदरेट अपहोल्स्ट्री, कनेक्टेड कार टेक्नोलोजी, एम्बियन्ट लाइटिङ र ६–स्पिकर कान्टन साउन्ड सिस्टम लगायतका फिचर उपलब्ध छन् ।
सेफ्टीका लागि यसका सबै भेरिएन्टमा ६ एयरब्याग, एबीएस, ईबीडी, ट्रयाक्सन कन्ट्रेल र सबै यात्रीका लागि आइएसओफिक्स चाइल्ड सिट माउन्टिङ प्वाइन्ट, हेडरेस्ट र थ्री–प्वाइन्ट सिटबेल्ट जस्ता फिचर छन् ।
स्कोडा काइल्याक ३.९५ मिटर लामो छ । यसको ह्विलबेस २.५६ मिटर छ । यसको ग्राउन्ड क्लियरेन्स १८९ एमएम छ । यसमा ४४६ लिटरको बुटस्पेस छ र सिटलाई तल बनाएर यसलाई १ हजार २६५ लिटर सम्म बढाउन सकिन्छ ।
नयाँ स्कोडा काइल्याकमा १.० लिटर टीएसआई पेट्रोल इन्जिन छ, जसले ११४ बीएचपी पावर र १७८ एनएम टर्क जेनेरेट गछ । सो इन्जिन ६–स्पिड एमटी वा एटीका साथ उपलब्ध हुन्छ ।
करिव १० वर्ष पश्चात स्कोडाले १० लाख भारु भन्दा कम बजेटयुक्त कम्प्याक्ट एसयूभी कार बजारमा उपलब्ध गराएको छ । यसकारण पनि यो कार स्कोडाका लागि निकै नै महत्वपूर्ण छ । यो नयाँ ग्राहकको पहुँचमा पुग्ने अपेक्षा गरिएको छ ।
स्कोडा काइल्याकले हाल बजारमा उपलब्ध हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३एक्सओ, मारुती सुजुकी फ्रङ्क्स र ब्रेजा तथा टोयोटा टेसर जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
स्कोडाकाे आफ्नो वहुप्रतिक्षित एसयूभी कुशाक फेसलिफ्ट लन्च हुने भएको छ ।...
स्कोडाले भारतीय बजारमा बिक्री गर्दै आएको लोकप्रिय मध्यम आकारको एसयूभी...
यदि तपाईं पुरानो कार खरिद गर्ने सोचमा हुनुहुन्छ भने, यो समय विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...