फक्सवागन टिगुवान अब इलेक्ट्रिकमा आउने, यस्तो हुनेछ पावरट्रेन र प्लेटफर्म
जर्मन अटो निर्माता फक्सवागनले अहिले धमाधम इभीको नयाँ मोडल तयार गरिरहेको छ...
यदि तपाईं पुरानो कार खरिद गर्ने सोचमा हुनुहुन्छ भने, यो समय विद्युतीय कारतर्फ ध्यान दिन उपयुक्त हुन सक्छ। हलै ब्रिटेनस्थित प्रसिद्ध अटोमोटिभ पत्रिका व्हाट कारले आफ्नो प्रतिष्ठित ‘युज्ड कार अफ द इयर २०२५’ को उपाधि स्कोडा इन्याक ईभीलाई प्रदान गरेको छ । पहिलो पटक कुनै विद्युतीय सवारी साधनले इतिहासमै पहिलो पटक यो पुरस्कार जितेको हो।
ह्वाट कारका विशेषज्ञहरूको टोलीले हरेक वर्ष बजारमा उपलब्ध प्रयोगमा आइसकेको अर्थात पुराना वा सेकेन्ड ह्यान्ड सवारी साधनहरूको मूल्य, उपयोगिता, प्रदर्शन, भरपर्दोपन लगायत समग्र मूल्यांकनका आधारमा यो पुरस्कार छनोट गर्छ। सन् १९७८ देखि सुरु भएको यो पुरस्कारले लगभग आधा शताब्दीदेखि ब्रिटिश उपभोक्तालाई उत्कृष्ट सेकेन्ड ह्यान्ड कार छनोट गर्न मार्गदर्शन गर्दै आएको छ।
यस वर्ष भने टोलीले स्पष्ट रूपमा भनेको छ - हाल बजारमा स्कोडा इन्याक ईभी भन्दा राम्रो सेकेन्ड ह्यान्ड कार अरू छैन। पारिवारिक प्रयोगका लागि उपयुक्त, विशाल ठाउँ भएको र सस्तो मूल्यमा उपलब्ध यो विद्युतीय एसयूभीले करिब १ हजार २ सय प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेको हो।
सन् २०२१ देखि बजारमा उपलब्ध इन्याक ईभीलाई ह्वाट कारका विशेषज्ञहरूले “अतुलनीय मूल्य, उत्कृष्ट व्यावहारिकता र त्यस मूल्यका हिसाबले असाधारण दूरी (रेन्ज)” को कारणबाट उत्कृष्ट घोषित गरेका हुन्। हाल यो कार युके बजारमा करिब १३ हजार पाउन्ड (झन्डै नयाँको आधा मूल्य) मा खरिद गर्न सकिन्छ। नयाँ इन्याकको मूल्य करिब २६ हजार पाउन्ड पर्ने गर्छ।
इन्याकको भित्री भाग निकै फराकिलो छ र यसको ठूला ब्याट्री भर्सनले आधिकारिक रूपमा ३३३ माइल (करिब ५३६ किलोमिटर) को रेन्ज प्रदान गर्छ, जुन टेस्ला मोडल वाई लङ रेन्ज भन्दा पनि बढी हो।
यसले यस वर्षको “बेस्ट युज्ड इलेक्ट्रिक एसयूभी” शीर्षक पनि जितेको छ, जसले स्कोडाको ट्रफी सङ्ख्या दुई पु-याएको छ।
ह्वाट कारका अनुसार इन्याकको यो सफलता र बजारमा उपलब्ध किफायती विद्युतीय कारहरूले देखाएको ट्रेन्डले अहिले पुरानो विद्युतीय कार किन्ने सबैभन्दा उत्तम समय भएको देखाएको छ । पुराना ईभीहरूको मूल्य इतिहासमै सबैभन्दा सस्तो स्तरमा पुगेको छ।
इन्याक बाहेक, अन्य किफायती ईभी मोडलहरूले पनि पुरस्कार हात पारेका छन्। टेस्ला मोडल ३ लाई “युज्ड एक्जिक्युटिभ कार अफ द इयर” को रूपमा चयन गरिएको छ। यो मोडल पनि करिब १२ हजार पाउन्डमा खरिद गर्न सकिन्छ।
सन् २०१९ मा निर्मित मोडल ३ ले उत्कृष्ट दूरी, तीव्र चार्जिङ क्षमताको साथै नवीनतम प्रविधि र आकर्षक फिचरहरू प्रदान गर्छ।
विद्युतीय सवारीको मूल्य घट्दै गएको र बजारमा उपलब्ध मोडलहरूको संख्या बढ्दै गएको वर्तमान अवस्थामा, विशेषज्ञहरूले अब सेकेन्ड–ह्यान्ड कार खरिद गर्न चाहनेका लागि विद्युतीय विकल्पहरूलाई प्राथमिकता दिन सुझाएका छन्।
स्कोडाको ईभी नेपाली बजारमा भने उपलब्ध छैन । नेपालमा स्कोडाका अन्य मोडल उपलब्ध भए पनि ईभी अहिले सम्म उपलब्ध छैनन् । त्यसैगरी नेपालमा अन्य सेकेन्ड ह्यान्ड ईभीको बजार पनि अझै अन्यौलतामै छ ।
जर्मन अटो निर्माता फक्सवागनले अहिले धमाधम इभीको नयाँ मोडल तयार गरिरहेको छ...
भारतमा हालसालै एक नयाँ महंगो म्युजिक सिस्टम लन्च गरिएको छ । दुई प्रख्यात...
टाटा मोटर्सले टाटा पन्चको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...