स्कोडा कुशाक फेसलिफ्टको टिजर सार्वजनिक, २० जनवरीमा लन्च हुँदै
स्कोडाले भारतीय बजारमा बिक्री गर्दै आएको लोकप्रिय मध्यम आकारको एसयूभी...
स्कोडाकाे आफ्नो वहुप्रतिक्षित एसयूभी कुशाक फेसलिफ्ट लन्च हुने भएको छ । एसयूभी क्लासिक+, सिग्नेचर, स्पोर्टलाइन, प्रेस्टिज र मोन्टे कार्लो गरी कुल ५ भेरिएन्टमा उपलब्ध हुनेछ, जसको सुरुवाती मूल्य १० लाख ६९ भाारु निर्धारण गरिएको छ । सबैभन्दा महंगो भेरिएन्टलाई भने १९ लाख भारु पर्ने जनाइएको छ ।
कुशाकमा अब नयाँ एलईडी हेडलाइट र डीआरएल तथा सेग्मेन्टेड एलईडी लाइट बारको साथ पुनः डिजाइन गरिएको ग्रिल समावेश गरिएको छ । अगाडिको बम्परलाई नयाँ स्किड प्लेटको साथ रि–वर्क गरिएको छ । त्यसैगरी रियरमा कुशाकमा केन्द्रमा एलुमिनेटेड `स्कोडा’ अक्षरको साथ कनेक्टेड एलईडी टेललाइट राखिएको छ ।
कुशाक फेसलिफ्टको इन्टेरियरमा गुगल जेमिनी एआई असिस्टेन्टको साथ नयाँ १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मसाज फंक्सन सहितको रियर सिट पाउन सकिन्छ । अन्य सुविधाहरूमा प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, ६ वे पावर्ड एड्जस्टेवल एन्ड भेन्टिलेटेड रियर सिट, फ्रन्ट पार्किङ सेन्सर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले उपलब्ध गराइएको छ ।
नयाँ कुशाकमा स्कोडाले उही परिचित १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरेको छ । एसयूभी ६ स्पिड म्यानुअल र नयाँ ८–स्पिड अटोमेटिक ट्रान्समिसनको साथ उपलब्ध हुनेछ । साथै, यसको उच्च भेरिएन्टमा भने ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिएको १.५ लिटर टर्बो–पेट्रोल इन्जिन समेत विकल्पका रुपमा उपलब्ध हुनेछ ।
कुशाक नेपाली बजारमा समेत लोकप्रिय बनेको एसयूभी हो । स्कोडाको आधिकारिक वितरक एमएडब्लू ग्रुपले अबको केही सयमपछि यस नयाँ एसयूभीलाई नेपाल भित्र्याउन अपेक्षा गर्न सकिन्छ ।
स्कोडाले भारतीय बजारमा बिक्री गर्दै आएको लोकप्रिय मध्यम आकारको एसयूभी...
स्कोडाले अर्को वर्ष लन्च हुने नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीको टिजर...
स्कोडा अटोले विश्व बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी एलरोक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...