स्कोडा कुशाक फेसलिफ्टको टिजर सार्वजनिक, २० जनवरीमा लन्च हुँदै

स्कोडाले भारतीय बजारमा बिक्री गर्दै आएको लोकप्रिय मध्यम आकारको एसयूभी कुशाकको फेसलिफ्ट संस्करण चाँडै नै लन्च गर्ने तयारी गरेको छ । लन्च अघि कम्पनीले नयाँ टिजर सार्वजनिक गर्दै आगामी कुशाक फेसलिफ्टको भविष्यवादी डिजाइनको झलक दिएको छ।

कम्पनीले जारी गरेको टिजरमा नयाँ कुशाक फेसलिफ्टको अगाडि र पछाडिको भाग आंशिक रूपमा देख्न सकिन्छ। टिजर अनुसार यसमा नयाँ बाहिरी रङको प्रयोग गरिएको छ भने अगाडिको भागमा पुनः डिजाइन गरिएको हेडलाइट र कनेक्टेड एलईडी डीआरएल दिइनेछ । त्यस्तै, पछाडिको भागमा कनेक्टेड एलईडी टेललाइटको प्रयोग गरिने संकेत पनि टिजरबाट प्राप्त भएको छ।

रिपोर्टका अनुसार फेसलिफ्ट संस्करणमा हाल उपलब्ध १.५ लिटर इन्जिन नै प्रयोग गरिनेछ । सो इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पसहित उपलब्ध हुनेछ ।

नयाँ स्कोडा कुशाक फेसलिफ्टमा इन्फोटेनमेन्ट सिस्टम, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, नयाँ डिजाइनका अलोय ह्विल, प्यानोरामिक सनरुफ तथा लेभल २ एडास जस्ता आधुनिक सेफ्टी र फिचरहरू समावेश गरिन सक्ने अनुमान गरिएको छ।

स्कोडाले जनवरी २० मा भारतमा कुशाक फेसलिफ्ट आधिकारिक रूपमा लन्च गर्ने तयारी गरेको छ। मध्यम आकारको एसयूभी सेग्मेन्टमा स्कोडा कुशाकले मारुती ग्रान्ड भिटारा, फक्सवागन टाइगुन, हुन्डाई क्रेटा र किया सेल्टोसजस्ता लोकप्रिय मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

स्कोडा एलरोक इलेक्ट्रिक एसयूभी लन्च, फुल चार्जमा  ५६० किमी भन्दा बढी रेन्जको दाबी

स्कोडा एलरोक इलेक्ट्रिक एसयूभी लन्च, फुल चार्जमा  ५६० किमी भन्दा बढी रेन्जको दाबी

स्कोडा अटोले विश्व बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी एलरोक...

स्कोडा काइल्याकलाई १० दिनमा १० हजारभन्दा बढी बुकिङ, नेपाल आउँदा मुल्य कति ?

स्कोडा काइल्याकलाई १० दिनमा १० हजारभन्दा बढी बुकिङ, नेपाल आउँदा मुल्य कति ?

बुकिङ खोलेको १० दिनमा स्कोडाले काइल्याक कम्प्याक्ट एसयूभीका लागि १०...

के जमाना ईभीकै आएको हो त ? स्कोडाको ईभीले जित्यो सेकेन्ड ह्यान्ड कार अवार्ड

के जमाना ईभीकै आएको हो त ? स्कोडाको ईभीले जित्यो सेकेन्ड ह्यान्ड कार अवार्ड

यदि तपाईं पुरानो कार खरिद गर्ने सोचमा हुनुहुन्छ भने, यो समय विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...