सिम्पल वान एस इलेक्ट्रिक स्कुटर लन्च, फुल चार्जमा १८१ किलोमिटरको रेन्ज

सिम्पल वानले भारतीय बजारमा एस नामको नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । सो स्कुटर कम्पनीले राम्रो रेन्जका साथ लन्च गरेको हो । सिम्पल वानले आफ्नो सेगमेन्टमा उच्चतम रेन्ज सहित आउने दाबी गरेको छ ।

कम्पनीले स्कुटरमा धेरै उत्कृष्ट सुविधा प्रदान गरेको छ । यसमा ३५ लिटर अन्डरसिट स्टोरेज, ७७० एमएम सिट हाइट, ब्लुटुथ कनेक्टिभिटी, ५जी ई-सिम, वाइफाई, ७ इन्चको टचस्क्रिन ड्यासबोर्ड, टर्न बाई टर्न नेभिगेसन, ओटीए अपडेट, फाइन्ड माई भेइकल, टीपीएमएस, रिजेनेरेटिभ र पार्क असिस्ट जस्ता फिचर समावेश छ ।

सो स्कुटरमा ३.७ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । यसलाई एक पटक चार्ज गरेपछि १८१ किलोमिटरसम्म चलाउन सकिन्छ । यसका साथै स्कुटरमा इको, राइड, ड्यास र सोनिक मोड प्रदान गरिएको छ । स्कुटरमा ८.५ किलोवाटको मोटर जडान गरिएको छ जसले स्कुटरलाई ०-४० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन २.५५ सेकेन्ड लिन्छ। यसको अधिकतम गति प्रति घण्टा १०५ किलोमिटरसम्म छ।

सिम्पल वान एस इलेक्ट्रिक स्कुटर १ लाख ३९ हजार भारु एक्स-शोरूम मूल्यमा लन्च गरिएको छ । सो स्कुटरले बजारमा ओला, एथर, टीभीएस, बजाज जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश

विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश

काठमाडौं – नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ख्याल गर्न भन्दै...

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको बिक्री उच्च, नेपालमा पनि आउने

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको बिक्री उच्च, नेपालमा पनि आउने

टीभीएसले इलेक्ट्रिक २ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधनमा ठूलो लगानी...

जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...