जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आफ्नो प्रिमियम टु–ह्विलर ईभी जीहो गरिद गर्ने ग्राहकका लागि फेस्टिभ अफर ल्याएको छ ।

‘दशैंं तिहार जिहो जिन्दगीको बहार’ नामक उक्त अफरअन्तर्गत कम्पनीले जिहो एई६ प्लस, एई४ र एई८ मोडलको नगद खरिदमा ३० हजार नगद छुट दिने जनाएको छ । त्यसैगरी, एक्सचेन्जमार्फत खरिद गर्दा २५ हजार थप मुल्यांकन पाइनेछ भने फाइनान्स सुबिधामा खरिद गर्दा शून्य प्रतिशत ब्याजदरको लाभ उठाउन सकिनेछ । साथै बम्पर उपहारमा एकजना भाग्यशाली बिजेताले बाली भ्रमणको अवसर पाउने जनाइएको छ ।

प्रिमियम ईभी ब्रान्डका रुपमा परिचित जीहो स्कुटरमा मोडल अनुसार फरकफरक विशेषता रहेका छन् । जसअनुसार, एई६ प्लस मोडल अर्बान राइड कन्सेप्टमा आधारित स्कुटर हो भने एई४ फेमिली कन्सेप्टमा आधारित मोडल हो ।

द्रुत गतिमा हाक्न सकिने एई४ को पिक पावर १२ हजार ५०० वाट छ भने यसमा ४.४ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान गरिएको छ । यस स्कुटरमा लिक्विड कुल्ड मोटर, जिहो राइड एप, क्रुज कन्ट्रोल, रिभर्स गियर, स्लोप हिल असिस्ट र एन्टि थेप्टको साथै ब्रेम्बो ब्रेकिङ सिस्टम जडान गरिएको छ, जसले शानदार राइडको साथै सुरक्षित यात्राको अनुभुती दिलाउँछ ।

जीहो ब्रान्डका स्कुटरको बिक्री र बिक्री पछिको सेवालाई सहज बनाउन ऋषि ट्रेड सेन्टरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । कम्पनीले हाल, नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ ।

सम्बन्धित समाचारहरू

नाडामा एमएडब्लु समूहको उत्साहपूर्ण बुकिङ

नाडामा एमएडब्लु समूहको उत्साहपूर्ण बुकिङ

काठमाडौँ – एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा एक हजार युनिट भन्दा बढी दुई...

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले...

कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

टाटाको प्रमुख प्यासेन्जर कार टाटा सफारी अब इलेक्ट्रिक भर्सनमा लन्च गरिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...