शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

काठमाडौं - हालसालै भोटेकोशी नदी क्षेत्रमा गएको भिषण बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुग्न गएको अपुरणीय जनधनको क्षति र  प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ  सहयोग गरेको छ । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले उल्लेखित रकम  आज अर्थमन्त्रीको कार्यालयमा उपस्थित भई हस्तान्तरण गरे। साथै, ग्रुपले तत्कालीन राहत तथा मानवीय सहयोगका कार्यक्रमहरू समेत अघि बढाएको छ।

उक्त सहयोग शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूको तर्फबाट प्रदान गरिएको हो, जसमा पशुपति खाद्य तेल उद्योगबाट ६१ लाख रुपैयाँ, पशुपति सिनप्याक इन्डस्ट्रिजबाट १५ लाख रुपैयाँ, प्रिमियर वायर्सबाट १५ लाख रुपैयाँ र प्रिमियर डिस्टिलरी लिमिटेडबाट १० लाख रुपैयाँ रहेको छ ।

तत्काल राहत तथा मानवीय सहयोग

आर्थिक सहयोगसँगै शारदा ग्रुपले राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन आवश्यक सामग्री तथा मानवीय सहायता पनि उपलब्ध गराएको छ। ग्रुपले गुडलाईफ लगायतका रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ। उक्त सामग्री विपद् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिनेछ।

त्यसैगरी, प्रभावित जिल्लाहरूमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ।

शिवम् सिमेन्टद्वारा राहत तथा पुनर्निर्माणमा सहयोग

शारदा ग्रुपद्वारा प्रवर्द्धित कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै २१ लाख रुपैयाँ सहयोग गरेको छ।

त्यस्तै, ग्रुपद्वारा प्रवर्द्धित शिवम् सिमेन्ट लिमिटेडले प्रभावित क्षेत्र मध्येको को एक गाउँको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ११,००० बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ।

काठमाडौं विराटनगरमा रक्तदान कार्यक्रम

विपद्बाट घाइते भएका व्यक्तिहरूका लागि आवश्यक रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ। यसबाट रक्त बैंक तथा जारी उद्धार र राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शारदा ग्रुपको राहत पहलका विषयमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारडाले भने, “यस दुःखद घटनामा परी आफ्ना परिवार तथा आफन्त गुमाउनुभएका सबैजनाप्रति गहिरो समवेदना ब्यक्त गर्दछौ । यस कठिन समयमा प्रभावितहरूसँग उभिनु हाम्रो जिम्मेवारी पनि हो। हाम्रो सहयोग र तत्कालीन राहत प्रयासमार्फत आवश्यकतामा रहेका समुदायलाई सहयोग पुर्‍याउनुका साथै सरकारका राहत, उद्धार तथा पुनर्निर्माण प्रयासमा योगदान पुर्‍याउने हाम्रो उद्देश्य हो।”

शारदा ग्रुपले विपद्बाट प्रभावित सम्पूर्ण व्यक्ति तथा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

ग्रुपले आगामी दिनमा आवश्यकता अनुसार राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...