व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

काठमाडौं – हाल नेपाली बजारमा मोटरहेड र टारो ब्रान्डका दुई पांग्रे सवारी साधनको कारोबार गर्दैै आएका व्यवसायी शिवप्रसाद घिमिरेले अब नेपालमै विद्युतीय सवारी साधन समेत एसेम्बल गर्ने योजना बनाएका छन् । एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा समेत परिचित व्यवसायी घिमिरेले एकल लगानीमा गत जेठ १७ गते उद्योग विभागमा एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता गरेका छन् । उनले देशभित्रै दुई पांग्रेदेखि ६ पांग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि नयाँ उद्योग दर्ता गरेका हुन् ।

घिमिरेले ३ अर्ब रुपैयाँ लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा उद्योग रहने गरी उद्योग दर्ता गरेर आवश्यक तयारी थालिएको बताए ।

उनले उद्योगका लागि आवश्यक पर्ने कानुनीदेखि लागत, साझेदार भित्र्याउने विषयमा विदेशी कम्पनीहरुसँग परामर्श भैरहेको बताए । उनका अनुसार विद्युतीय सवारी साधन उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीसँगको सहकार्यमा उद्योग सञ्चालन गरिने छ । विद्युतीयसँगै डिजेल तथा पेट्रोलियम पदार्थका गाडीहरु समेत उत्पादन गर्ने गरी उद्योग दर्ता गरिएको भए पनि विशेष गरी विद्युतीय सवारी साधनमै केन्द्रीत हुने उनको भनाइ छ ।

उनले उद्योगका लागि बारामा ३२ बिघा जग्गा खरिद गरिसकेको बताए । उद्योग विभागमा दर्ता गरिएको विवरण अनुसार एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय चार पांग्रे ६ सय र इ–बस १२० युनिट उत्पादन गर्नेछ ।

यस्तै, इन्टरनल कम्बसन इन्जिन (आइसिई) मोटरसाइकल तथा स्कुटर १० हजार ५ सय युनिट, आइसिई तीनपांग्रे रिक्सा १५ सय युनिट, आइसिई फोर चार पांग्रे ६ सय युनिट र आइसिई सिक्स ह्विलर्स गाडी ७ सय ५० युनिट उत्पादन गर्नेछ ।

उद्योग सञ्चालनमा आउँदा ४ सय ३१ जनाले रोजगारी पाउनेछन् भने उद्योग सञ्चालन गर्न २५ सय केभिएको विद्युत् आवश्यक पर्नेछ । यसबाट नेपालमा केहीले रोजगारी पाउनुका साथै नेपालमै सवारी साधन एसेम्बल भएमा नयाँ अध्यायको थालनी हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

काठमाडौं – अक्सिजन अभावलाई कम गर्न एसजी ग्रुपले पोर्टेबल अक्सिजन ब्याग...

आज देखि मोटरहेड र टारो ब्रान्डको एक्सचेन्ज क्याम्प, यस्ता छन् अफरै अफर

आज देखि मोटरहेड र टारो ब्रान्डको एक्सचेन्ज क्याम्प, यस्ता छन् अफरै अफर

काठमाडौं – नेपालका लागि मोटरहेड तथा टारो ब्रान्डको आधिकारिक वितरक एसजी...

मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

नेपाली बजारमा उपलब्ध २५० सीसीको डर्ट मोटरसाइकल मध्ये लोकप्रिय मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...