घट्दो नाफा र हुवावेको भारी शुल्कका बीच सेरेस अटोद्वारा आइटो ब्राण्डको नियन्त्रण आफ्नै हातमा

काठमाडौं–चिनियाँ प्रविधि दिग्गज हुवावे र सेरेस अटोबीच स्मार्ट सवारी साधन साझेदारीमा ठूलो फेरबदल भएको छ ।

दुई कम्पनीहरू बीच भएको नयाँ सम्झौता अनुसार अब आइटो ब्राण्डका सवारी साधनको उत्पादन, डिजाइन, बजारीकरण, बिक्री तथा बिक्रीपछिको सेवाको सम्पूर्ण जिम्मेवारी सेरेस अटोले नै सम्हाल्नेछ ।

यसअघि ब्राण्डको मुख्य सञ्चालन तथा बजारीकरणमा हुवावेले नेतृत्वदायी भूमिका खेल्दै आएकोमा अब हुवावे प्रविधि प्रदायकको भूमिकामा मात्र सीमित रहने जनाइएको छ ।

यो रणनीतिक परिवर्तनको मुख्य कारण सेरेस अटोको घट्दो नाफा र हुवावेलाई बुझाउनुपर्ने भारी शुल्कलाई मानिएको छ । पुरानो सम्झौता अनुसार हुवावेले बिक्री भएको प्रत्येक आइटो गाडीबाट ७ हजार ५०० डलरसम्म रकम लिने गरेको र गाडीका ३० प्रतिशतभन्दा बढी पार्टपुर्जाहरू समेत हुवावेकै प्रयोग भइरहेको रिपोर्टहरूमा उल्लेख छ ।

सन् २०२६ को पहिलो अर्ध वार्षिकीमा सेरेस अटोको खुद नाफामा ६० प्रतिशतभन्दा बढीको गिरावट आएपछि कम्पनीले आफ्नो सञ्चालन खर्च घटाउन र नाफा बढाउनका लागि आइतो ब्राण्डको सञ्चालन अधिकार आफ्नै हातमा लिने निर्णय गरेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...