स्मार्ट फिचर र ३ नयाँ भेरिएन्ट सहित नयाँ २०२५ ‘किया सेल्टोस’ लन्च, यस्तो छ मूल्य
किया इन्डियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको २०२५ अपडेटेड मोडल लन्च...
कोरियाली अटो निर्माता कियाले आफनो लोकप्रिय एसयूभी सेल्टोसको फेसलिफ्ट मोडललाई भारतीय बजारमा लन्च गर्ने भएको छ । यसै वर्षको मध्येतिर लन्च हुने अनुमान गरिएको यो नयाँ मोडलमा कम्पनीले एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम थप गर्ने अनुमान गरिएको छ ।
यो नयाँ मोडलमा परिमार्जन गरिएको फ्रन्ट ग्रिल, नयाँ एलइडी डे टाइम रनिङ लाइट सहितको एलइडी हेडल्याम्प र क्यारेन्समा दिएको जस्तै नयाँ एल आकारको एलइडी टेल लाइट लगायत फिचर थप हुनेछन् । साथै यसको डुअल स्क्रिन सेटअपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमलाई एउटै यूनिटमा सामेल गरिनेछ ।
यो नयाँ मोडलमा कियाले ठूलो आकारको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिन लागेको हो । गाडीको एक्सटेरियर र इन्टेरियसमा गरिने कस्मेटिक परिवर्तनको साथै नयाँ सेल्टोस १.५ लिटरको टर्वो पेट्रोल इन्जिनमा समेत उपलब्ध हुने जनाइएको छ । जसको पावर १५८ विएचपी र टर्क २५३ एनएम रहनेछ ।
हाल कारोवार भइरहेको सेल्टोस १.४ लिटर टर्वो पेट्रोल इन्जिनमा उपलब्ध रहँदै आएकोमा नयाँ सेल्टोसले यो इन्जिनलाई विस्थापन गर्नेछ । यो नयाँ मोडल १.५ लिटर पेट्रोल र डिजेल दुवै अप्सनमा उपलब्ध हुने किया मोटर्सको भनाई छ । सेल्टोस नेपाली बजारमा समेत लोकप्रिय वनिरहेको मिड साइज एसयूभी हो ।
किया इन्डियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको २०२५ अपडेटेड मोडल लन्च...
दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा...
दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले जनवरीमा नयाँ ब्रान्ड लोगो सहित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...