अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी
दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...
कोरियाली अटो निर्माता कियाले आफनो लोकप्रिय एसयूभी सेल्टोसको फेसलिफ्ट मोडललाई भारतीय बजारमा लन्च गर्ने भएको छ । यसै वर्षको मध्येतिर लन्च हुने अनुमान गरिएको यो नयाँ मोडलमा कम्पनीले एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम थप गर्ने अनुमान गरिएको छ ।
यो नयाँ मोडलमा परिमार्जन गरिएको फ्रन्ट ग्रिल, नयाँ एलइडी डे टाइम रनिङ लाइट सहितको एलइडी हेडल्याम्प र क्यारेन्समा दिएको जस्तै नयाँ एल आकारको एलइडी टेल लाइट लगायत फिचर थप हुनेछन् । साथै यसको डुअल स्क्रिन सेटअपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमलाई एउटै यूनिटमा सामेल गरिनेछ ।
यो नयाँ मोडलमा कियाले ठूलो आकारको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिन लागेको हो । गाडीको एक्सटेरियर र इन्टेरियसमा गरिने कस्मेटिक परिवर्तनको साथै नयाँ सेल्टोस १.५ लिटरको टर्वो पेट्रोल इन्जिनमा समेत उपलब्ध हुने जनाइएको छ । जसको पावर १५८ विएचपी र टर्क २५३ एनएम रहनेछ ।
हाल कारोवार भइरहेको सेल्टोस १.४ लिटर टर्वो पेट्रोल इन्जिनमा उपलब्ध रहँदै आएकोमा नयाँ सेल्टोसले यो इन्जिनलाई विस्थापन गर्नेछ । यो नयाँ मोडल १.५ लिटर पेट्रोल र डिजेल दुवै अप्सनमा उपलब्ध हुने किया मोटर्सको भनाई छ । सेल्टोस नेपाली बजारमा समेत लोकप्रिय वनिरहेको मिड साइज एसयूभी हो ।
दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...
दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले जनवरीमा नयाँ ब्रान्ड लोगो सहित...
कोरियन अटो मेकर कियाले ६ सिटर कार्निभललाई भारतीय बजारमा औपचारीक लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...