टाइम्स बिजनेस किया बुटवलको डिलर, क्विक सर्भिस पनि दिने
काठमाडौँ, बुटवल तथा आसपासको क्षेत्रमा कियाका कार अब टाइम्स बिजनेस...
काठमाडौँ–किया इन्डियाले आफ्नो विद्युतीय गाडी क्यारेन्स क्ल्याभिस ईभीका लागि १५ वर्ष वा असीमित किलोमिटरसम्म लागू हुने लाइफटाइम ब्याट्री वारेन्टीको घोषणा गरेको छ ।
कम्पनीका अनुसार यो वारेन्टी अगस्ट १, २०२६ देखि बिक्री भएका गाडीहरूमा लागू हुनेछ । यो सुविधा मुख्यतया व्यक्तिगत प्रयोजनका लागि गाडी दर्ता गर्ने र पहिलो ग्राहकका लागि मात्र उपलब्ध गराइने जनाइएको छ ।
यदि गाडी दोस्रो व्यक्तिलाई बिक्री गरिएमा वारेन्टी अवधि घटेर ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरमा सीमित हुनेछ भने व्यावसायिक प्रयोजनका गाडीमा यो वारेन्टी लागू हुने छैन ।
यसअघि नै गाडी खरिद गरिसकेका पुराना ग्राहकहरूले पनि ३ हजार ४०० भारु थप शुल्क बुझाएर यो लाइफटाइम ब्याट्री वारेन्टी प्राप्त गर्न सक्ने सुविधा दिइएको छ ।
यो गाडी ४२ किलोवाट आवर (४०४ किमी रेन्ज) र ५१.४ किलोवाट आवर (४९० किमी रेन्ज) गरी दुईवटा ब्याट्री प्याक विकल्पमा उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...