भारतमा कियाको नयाँ फ्ल्यागशिप सोरेन्टो लन्च, कुल ६ भेरिएन्टमा उपलब्ध हुने

कियाले आफ्नो फ्ल्यागशिप थ्री रो एसयूभी सोरेन्टोलाई भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले यसको मूल्य २७ लाख ९९ हजार र टप भेरिएन्टको मूल्य ४० लाख १९ हजार भारु तोकेको छ ।

नयाँ सोरेन्टो अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको चौथो पुस्ताको एमक्यू४ मोडलको फेसलिफ्ट भर्सन हो। कम्पनीले यसलाई एचटीई, एचटीई (ओ), एचटीके, एचटीके (ए), एचटीएक्स र एचटीएक्स (ए) गरी ६ वटा ट्रिममा उपलब्ध गराएको छ।

सो एसयूभीमा टर्बो पेट्रोल इन्जिनसँग स्ट्रङ हाइब्रिड प्रविधि जडान गरिएको छ । यसमा १.६ लिटरको टर्बोपेट्रोल इन्जिन जडान गरिएको छ जसले १८० हर्सपावर र २६५ एनएम टर्क उत्पादन गर्छ। साथै यसलाई ६५ हर्सपावर र २६४ एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटरसँग जोडिएको छ। हाइब्रिड पावरट्रेनमा ६ स्पिड अटोमेटिक गियरबक्स प्रयोग गरिएको छ। यो अगाडिको दुई पाङ्ग्रा चल्ने र चारै पाङ्ग्रा चल्ने दुवै विकल्पमा उपलब्ध हुनेछ।

नयाँ सोरेन्टो २.२ लिटरको डिजेल इन्जिन पनि उपलब्ध गराएको छ। सो इन्जिनले १९३ हर्सपावर र ४४२ एनएम टर्क उत्पादन गर्छ। डिजेल इन्जिनलाई ८ स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिएको छ। एसयूभीमा नर्मल, इको, स्पोर्ट र स्मार्ट गरी ४ वटा ड्राइभिङ मोड र स्नो, स्यान्ड र मड गरी ३ वटा टेरेन मोड दिइएको छ।

सोरेन्टोको फ्रन्ट डिजाइनमा एलईडी हेडलाइट, वाई आकारका एलईडी डेटाइम रनिङ लाइट, ड्युअल एलईडी फग ल्याम्प र सिल्भर स्किड प्लेट समावेश गरिएको छ । साइडमा १९ इन्चका ड्युअल टोन अलोय ह्विल, रूफ रेल, एल आकारको र्‍यापअराउन्ड एलईडी टेललाइट र ड्युअल एक्जस्ट टिप्स समावेश छ । सोरेन्टोको लम्बाइ ४८१५ एमएम,  चौडाइ १९०० एमएम र उचाई १७८५ एमएम छ। यसको ह्विलबेस २८१५ एमएम रहेको छ।

सो एसयूभी ६ सिटर र ७ सिटर दुवै विकल्पमा उपलब्ध छ। यसमा १२.३ इन्चको टचस्क्रिन र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ। कारमा १२ स्पिकरसहितको बोस साउन्ड सिस्टम, प्यानोरामिक सनरुफ, हेड–अप डिस्प्ले, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, पावर्ड टेलगेट र वायरलेस फोन चार्जरजस्ता फिचर दिइएको छ।

साथै सेफ्टीका लागि १० वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डिजिटल इनसाइड रियर–भ्यु मिरर, अटो पार्किङ असिस्ट, फ्रन्ट र रियर ड्यासक्याम, टायर प्रेसर मोनिटरिङ सिस्टम र लेभल–२ प्लस एडास जस्ता फिचर दिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...