हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

कियाको लोकप्रिय एसयूभी सेल्टोस र क्यारेन्स छिट्टै विएस६ फेज टु इन्जिनका साथ अपडेट भएर आउने भएको छ । जसअन्तर्गत यी दुई एसयूभीको १.४ लिटर टर्वो पेट्रोल भेरिएन्टलाई हुन्डाईको १.५ लिटर टर्वो पेट्रोल इन्जिनले विस्थापन गर्ने जनाइएको छ ।

हुन्डाईले यो नयाँ इन्जिनलाई अल्कजार एसयूभीमा प्रयोग गरिसकेको छ भने नयाँ क्रेटा र भर्नामा समेत यसैलाई प्रयोग गर्ने तयारी भइरहेको छ । हुन्डाई र किया एउटै ग्रुप अन्तर्गतका दुई छुट्टाछुट्टै व्रान्ड भएका कारण पावरट्रेन, टेक्नोलोजी र फिचरलाई एक आपसमा सेयर गर्दै आइरहेक छन् ।

यो नयाँ ईन्जिन जडान भएपछि हाल उपलब्ध सेल्टोस र क्यारेन्सको टर्वो पेट्रोल भेरिएन्ट पावर र टर्ककको मामलमा थप शक्तिशाली हुनेछ । हालको १.४ लिटर इन्जिनको तुलनमा यसको पावर १० पिएस र टर्क ११ एनएम वढी हुने भएको हो ।

हुन्डाईको यो नयाँ ईन्जिनले १६० पिएस पावर र २५३ एनएम टर्क जेनेरेट गर्ने सामथ्र्य राख्छ । यो नयाँ इन्जिनमा ६ स्पिड आइएमटी र ७ स्पिड डिसीटी ट्रान्समिनको विकल्प रहनेछ ।

नयाँ इन्जिन जडान भएर आएपछि यी दुई एसयूभीको टर्वो पेट्रोल भेरिएन्ट थप महंगो पर्ने जनाइएको छ । पावर र पर्फमेन्सको आधारमा यसले फक्सवागन टाइगुन र स्कोड कुशाकलाई पछि पार्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

किया २.० अन्तर्गत पहिलो गाडी साइरोस ल्याउने तयारीमा किया

किया २.० अन्तर्गत पहिलो गाडी साइरोस ल्याउने तयारीमा किया

किया मोटर्सले गत महिना दुई प्रिमियम कार किया कार्निभल लिमोजिन र किया ईभी९...

औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

भारतमा २ महिनामा ५० हजारभन्दा बढी किया क्यारेन्स बुकिङ, नेपालमा प्रतीक्षा

भारतमा २ महिनामा ५० हजारभन्दा बढी किया क्यारेन्स बुकिङ, नेपालमा प्रतीक्षा

किया इन्डियाले फरवरी १५ मा नयाँ किया क्यारेन्स भारतमा लन्च गरेको थियो र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...