हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडीको अनुभव एकै छानामुनी
काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक...
नयाँ वर्ष २०८० शुरु हुन अव जम्मा १५ दिन वाँकी छ । नयाँ वर्षमा नयाँ सामान घर भित्र्याउने नेपालीहरुको पुरानै परम्परा हो । सोही परम्परालाई मध्यनजर गर्दै विभिन्न विक्रेता कम्पनीहरुले पनि आफ्नो सामानको बिक्री वढाउन भन्दै नगद छुटदेखि विभिन्न आकर्षक उपहार र सहुलियत सहितको नयाँ अफर सार्वजनिक गर्ने गर्छन् । यसरी नयाँ स्किम एवं अफर ल्याउने दौडमा गाडी र मोटरसाइकल विक्रेता कम्पनी सदैव अग्रपंक्तिमा रहँदै आएका छन् ।
कोभिड महामारी र आयातमा लगाइएको प्रतिबन्धका कारण विगतका केही वर्षहरुमा अटोमोबाइल व्यवसायीले खासै आकर्षक स्किम ल्याउन सकेनन् भने यो वर्ष बैंक तथा वित्तीय संस्थाको कडाईसँगै निम्तिएको आर्थिक मन्दीले बजारलाई नराम्रोसँग प्रभावित पारेको छ । मन्दीकै कारण अहिले सवारीसाधनको बिक्री हुनै छाडेको अवस्था छ ।
बैंक तथा वित्तीय संस्थाले अटो लोनमा गरेको कडाई र उच्च ब्याजदरका कारण सवारीसाधनको बिक्री नराम्रोसँग प्रभावित बनिरहेको अवस्थाको वावजुद व्यवसायीलाई भने नयाँ वर्षदेखि जसरी भएपनि बिक्री वढाउनै पर्ने दवाव छ । जसका कारण यो वर्ष विक्रेता कम्पनीहरुले आकर्षक स्किम ल्याउने अपेक्षा गर्न सकिन्छ । जसको सुरुवात टु ह्विलरतर्फ बजाज र फोर ह्विलरमा हुन्डाईले गरिसकेका छन् । विगतमा पनि यी दुई कम्पनीले सवैभन्दा पहिला स्किम लन्च गर्दै आएका थिए ।
नगद छुटमा गाडी र मोटरसाइकल किन्नेका लागि उपयुक्त अवसर
नयाँ वर्षमा प्रायः बिक्रेता कम्पनीले केही न केही स्किम एवं अफर ल्याउने हुँदा गाडी तथा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले पनि यही समयलाई पर्खेर वस्ने प्रचलन छ । अन्य समयमा भन्दा नयाँ वर्षमा गाडी तथा मोटरसाइकल खरिद गर्दा नगद छुट पनि धेरै पाइने र विभिन्न उपहार कार्यक्रममा समेत सामेल हुन पाइने हुँदा ग्राहकले यो समयको प्रतीक्षा गर्न थालेका हुन् ।
नयाँ वर्षकोे शुरुवातँंगै गाडी र मोटरसाइकल बिक्रीको सिजन शुरु हुने भन्दै बिक्रेता कम्पनीले पनि आफूले सकेको छुट र उपहार दिन कुनै कन्जुस्याई गर्दैनन् । यो सिजनमा आफ्नो ब्रान्डको बिक्री वढाउन विक्रेताबीच एक प्रकारको प्रतिस्पर्धा नै हुने गरेको छ । यस्तो प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न उनीहरुले नगद छुटदेखि सरल फाइनान्सको सुविधा, कम ब्याजदर, विभिन्न करमा छुट र वम्परमा लक्कि ड्र मार्फत ठूलै उपहार समेत दिने गर्छन् ।
नयाँ वर्ष २०८० मा जसरी भएपनि बिक्री वढाउनै पर्ने दवावका कारण यसपाली अधिकांश विक्रेता कम्पनीले आकर्षक नगद छुट र फाइनान्स सुविधामा सहुलियत दिने आँकलन गरिएको छ । जसलाई बजाज र हुन्डाईले ल्याएको नयाँ वर्ष स्किमले प्रतिविम्वित गरिसकेको छ । यी दुई कम्पनीले ल्याएको स्किमलाई नै आधार मानेर अन्य कम्पनीले पनि अफर ल्याउने हुँदा यसपटकको नयाँ वर्ष अफर नगद छुटमा केन्द्रित हुने अनुमान लगाइएको हो ।
यस्तो छ हुन्डाई र बजाजले ल्याएको अफर
नयाँ वर्ष २०८० का लागि सवैभन्दा पहिले स्किम लन्च गरेको बजाज मोटरसाइकल बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा बजाज मोटरसाइकल बिक्री शुरु भएको २५ वर्ष पुरा भएको अवसरलाई समेत सेलिव्रेसन गरिरहेको छ । अघिल्ला वर्षहरुमा विभिन्न विधामा नगद छुट र उपहार दिँदै आएको कम्पनीले यसपटक भने २५ प्रतिशत डाउनपमेन्टमा मोटरसाइकल खरिद गर्न पाउने सुविधा सहित १० हजार नगद छुट र २५ जना भाग्यशाली विजेतालाई १ किलोग्राम चाँदी उपहार दिने भएको छ ।
यसैगरी अघिल्ला वर्षहरुमा गाडी किन्दा गाडी नै उपहार दिँदै आएको हुन्डाई गाडी विक्रेता लक्ष्मी इन्टरकिन्टनेन्टल प्रालि यसपटक नगद छुटमा केन्द्रित वनेको देख्न सकिन्छ । कम्पनीले ल्याएको अफरमा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकले ५ लाखसम्म नगद छुट पाउने छन् । त्यसैगरी नयाँ वर्ष बोनसको रुपमा ८० हजार र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुनेछ । यस्तै मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ । अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ ।
काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक...
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं – नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य एकैपटक ४७ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...