पसल सञ्चालकले एक बोरा सिक्काले किने एउटा स्कुटी

भारतको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन् । सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि १, २, ५ र १० का सिक्का जम्मा गरेर नयाँ स्कुटी खरिद गरेका हुन् ।

अर्थिक अभावका कारण स्कुटी किन्न नसेकेका हकले लामो समयदेखिको आफ्नो सपना साकार पार्न सिक्का सङ्कलन थालेका थिए । उनको यो प्रयासलाई प्रेरणादायी अभ्यास भन्दै स्कुटी शोरूमका बिक्रेता मनिष पोद्दारले हकलाई यसैगरी एक दिन चारपाङ्ग्रे सवारी साधन गर्ने अवस्थामा पु-याउने बताएका छन् ।

एक बोरा सिक्का लिएर शोरूममा आएका हकलाई देख्दा प्रारम्भमा आश्चर्य मानेका ती बिक्रेताले बोराका सिक्का गन्दा ९० हजार रहेछ । बिक्रेताले हकको चाहना अनुसारको स्कुटी उनलाई हस्तान्तरण गरे । एक बोरा सिक्का जम्मा गरेर स्कुटी किन्न सकेकामा हर्षित उनले आफ्नो सपना पूरा भएको बताएका छन् ।

पोद्दारले बोरामा सिक्का बोकेर आएका हक र उनले आफ्नो पसलबाट स्कुटी खरिद गरेको समाचार स्थानीय टेलिभिजनमा देख्दा तथा पत्रपत्रिकामा पढ्दा आफूलाई ज्यादै खुशी लागेको एएनआई संवाददातालाई बताएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...