१६ हजार डलरमै आयो एमजी ०७, नयाँ ब्याट्री प्रबिधीको प्रयोग
काठमाडौं–एमजीले आफ्नो नयाँ सेडान एमजी ०७ आधिकारिक रूपमा लन्च गरेको छ ।...
चिनियाँ अटो निर्माता एसएआईसीले जेएसडब्लु मोटर इण्डियामा आफ्नो हिस्सेदारी घटाउने र थप लगानी रोक्ने निर्णय गरेको छ । कार निर्माता कम्पनीको हाल भारतीय साँझेदारीमा ४९ प्रतिशत हिस्सेदारी छ । भारत सरकारले चिनियाँ लगानीमा कडाई गरेपछि यो निर्णय आएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले गत महिना एससिओ शिखर सम्मेलनमा भएको भेटबार्तालाई दुई एसियाली दिग्गजहरू बीचको व्यापारिक सम्बन्ध सुधार गर्ने दिशामा एक कदमको रूपमा हेरिएको थियो । यद्यपि, प्रगतिका संकेतहरु कम देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार, जेएसडब्लु सँगको गठबन्धन चीन बाहिर एसएआईसीको सबैभन्दा ठूलो उत्पादन आधारमा कोष इन्जेक्ट गर्न र नियामक अवरोधहरू कम गर्नको लागि थियो । यद्यपि, यसले काम गरेको छैन ।
तसर्थ, एसएआईसीले जेएसडब्लु एमजी मोटर इण्डियामा आफ्नो हिस्सेदारी उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको हो । लगानी कम गर्ने निर्णय गरेपनि एसएआईसीले उद्यमको लागि आवश्यक प्रविधि र उत्पादनहरू प्रदान गर्न भने जारी राख्ने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...