आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान अब नेपालमा, सम्झौताका साथ डेलिभरीको सुरुवात

काठमाडौं – नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रुपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्र्याएका हुन् ।

एक कार्यक्रमका बिच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेश कुमार राठी र शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले सहकार्यको घोषणा गरे ।

केन सुनले आरएन्डडी प्रक्रिया देखि नै नेपाली सडक सुहाउँदो ईभी उत्पादनमा लागेको बताउँदै यसमा भएका इनोभेटिभ टेक्नोलोजी र पावर ब्याट्रीका कारण गाडीमा पावरफुल फिचर र स्टेबल अपरेसन भएको बताए । नेपाली पार्टनरसँगको सहकार्यबाट नेपालमा भएका पहाडी र उकालो सडकलाई समेत धान्न सकिने गरी ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै पावर सिस्टम र च्यासिस डिजाइन गरिएको बताए ।

सो अवसरमा आरजेएम अटो नेपालका सीईओ मनोज खतिवडाले आरजेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र यसका फिचरका वारेमा चर्चा गरेका थिए भने नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोज बिक्रम शाहले नेसनल मोटर्स र एसएमएल इसुजुको इतिहास तथा हालको अवस्था वारेमा बोल्दै नयाँ आरजेडएम ब्रान्ड थप गरिएको वारेमा चर्चा गरे । सो अवसरमा नयाँ ग्राहकलाई गाडीको साँचो समेत हस्तान्तरण गरिएको थियो ।

ईफाइभ (ई५) सिरिजको १५ सिटर ईभी भ्यानमा ५३.५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा २५० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको छ । समतल सडकमा भने यसले ३०० किलोमिटर भन्दा बढी रेन्ज दिएको पाइन्छ । डब्लुएलटीपी अनुसार यसको रेन्ज ३०० किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसको पिक पावर १०० किलोवाट र रेटेड पावर ५० किलोवाट छ भने ३०० एनएमको टर्क छ ।

त्यसैगरी १६ सिटर आरफाइभ (आर५) मोडलमा अझै फराकिलो बडी सहितको संरचना छ । यसमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३६६ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने दावी गरिएको छ । यसमा १२० किलोवाटको पिक पावर दिने मोटर भएकाले उकाली ओरालीमा सहजताका साथ जान्छ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क ३५० एनएम छ ।

नयाँ प्रविधि अनुसार ६० किलोवाटको चार्जर प्रयोग गरी यी गाडीलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । पोखरा देखि काठमाडौं सम्म गरिएको परीक्षणमा यसले फुल चार्ज गर्दा ५१ प्रतिशत चार्ज बाकी भएकै अवस्थामा पोखरा पुगेको कम्पनीले बताएको छ । १८० एमएम भन्दा धेरै ग्राउन्ड क्लियरेन्स सहितका विशेषता भएको यो ईभी भ्यान लक्जरियस समेत भएकाले लामो यात्राका लागि उपयोगी हुन्छ ।

नेपाली सडकमा पहिले नै परीक्षण र सुधार गरेर उत्कृष्टता दिने प्रयास गरिएको कम्पनीको भनाइ छ । यी गाडीका सिट लेआउट र अन्य संरचना समेत नेपाली सडक सुहाउदो बनाइएको छ ।

हाल जेड४, आर४, आर५, आर६ र के सिरिजमा विशेष गरी बिजनेस, टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट र स्पेसल भेइकल मार्केटका लागि उपयुक्त सवारी साधन कम्पनीले उत्पादन गरिरहेको छ ।

चीनको जियाङसुमा अवस्थित दुई प्लान्टमार्फत विश्वका २३ देशमा आरजेडएम ब्रान्डका सवारी साधन बिक्री–वितरण भइरहेका छन् । यसैगरी ५ देशमा एसेम्बली र सीकेडी प्लान्ट रहेको छ । शाङच आरजेडएम अटो सन् २०१६ मा चीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो । यसका कारण पनि कम्पनीको भविष्यमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा करिव ३८ वर्ष पहिले सन् १९८७ देखि तत्कालीन स्वराज माज्दा ब्रान्डका सवारी साधनमार्फत अटोमोबाइल व्यवसायमा प्रवेश गरेको नेसनल मोटर्सले हाल एसएमएल इसुजुका कमर्सियल सवारी साधन र अन्य अटोमोबाइल सम्बद्ध सामग्री बिक्री–वितरण गरिरहेको छ । स्कुल, कर्पोरेट क्षेत्र र फ्लिट ग्रुपहरुमा हाल यो ग्रुपले हजारौ सवारी साधन बिक्री गरिसकेको छ ।

हाल नेसनल मोटर्सका नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध छ । अब आरजेडएमका लागि सर्भिस तालिम उपलब्ध गराउने र पाट्र्स ल्याउने कार्य समेत अगाडि बढेकोले ग्राहकहरुलाई बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि कुनै समस्या नहुने दावी गरिएको छ ।

ई५ को मूल्य ५४ लाख २५ हजार रुपैयाँ तोकिएको छ भने आर५ को मूल्य ७३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...

लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम अब सुर्खेतमा, उपमेयर र मिस इन्टरनेसनलबाट उद्घाटन

लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम अब सुर्खेतमा, उपमेयर र मिस इन्टरनेसनलबाट उद्घाटन

सुर्खेत – नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...