डीएफएसकेले ल्यायो मनसुन अफर, १० लाख डाउनपेमेन्ट, ३ लाख ५० हजार नगद छुट
काठमाडौं – डीएफएसके ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...
मलेसियाको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी पेरोडुवाले आफ्ना ईभी फेरि बिक्री गर्दा हुने मूल्य अर्थात रिसेल भ्याल्यु कायम राख्न ’आफ्टर सेल्स सपोर्ट’ अर्थात् बिक्रीपछिको सेवालाई प्राथमिकता दिने नीति लिएको घोषणा गरेको छ। अन्य देशमा जस्तै मलेसियामा समेत चिनियाँ कम्पनीहरूको बढ्दो दबदबाका बीच आफूलाई एक भरपर्दो स्थानीय खेलाडीको रूपमा स्थापित गर्न पेरोडुवाले यस्तो रणनीति अपनाएको हो।
पेरोडुवाले गत डिसेम्बरमा आफ्नो पहिलो विद्युतीय मोडल क्यूभी–ई सार्वजनिक गरेको थियो। मलेसिया सरकारले वैदेशिक निर्भरता घटाउँदै ईभी प्रविधिलाई स्थानीयकरण गर्ने लक्ष्य राखेको सन्दर्भमा यो मोडल महत्त्वपूर्ण मानिएको छ। गत वर्ष मलेसियामा कुल ८ लाख २० हजार सवारी साधन बिक्री भएका थिए, जसले यसलाई दक्षिणपूर्वी एसियाकै ठूलो अटो बजार बनाएको छ।
चिनियाँ मूल्यसँगको प्रतिस्पर्धा
क्वालालम्पुरमा आयोजित ’न्यु जापान–मलेसिया इन्ड्रस्ट्रियल कोअपरेसन सेमिनार’ का क्रममा निक्की एसियासँग कुरा गर्दै पेरोडुवाका अध्यक्ष तथा सीईओ जैनुल अबिदिन अहमदले ईभी बजारमा प्रतिस्पर्धा निकै तीव्र रहेको बताए। हाल मलेसियामा २० भन्दा बढी चिनियाँ अटो निर्माताहरू सक्रिय छन्।
मलेसियाको बजारमा चिनियाँ ब्रान्डहरूले विशेष गरी १ लाखदेखि १ लाख २० हजार रिंगिट अर्थात २५ हजार देखि ३० हजार डलरको बजेट सेग्मेन्टमा कब्जा जमाएका छन्। अर्कोतर्फ, युरोपेली र अन्य कम्पनीहरूलाई १ लाख ५० हजार रिंगिटभन्दा कममा गाडी उपलब्ध गराउन हम्मेहम्मे परिरहेको छ।
क्यूभी–ई : नयाँ प्रविधि र ब्याट्री सस्क्रिप्सन
पेरोडुवाको पहिलो ईभी क्यूभी–ई कम्प्याक्ट एसयूभीको मूल्य ८० हजार रिंगिट तोकिएको छ। यसमा ग्राहकले गाडी किने पनि ब्याट्री भने ’लिज’ वा ’सब्स्क्रिप्सन’ मोडलमा छुट्टै लिनुपर्ने हुन्छ। यो रणनीतिका कारण गाडीको खरिद मूल्य कम भएको छ, जसले गर्दा ग्राहकलाई बैंक ऋण र मासिक किस्तामा राहत मिल्ने कम्पनीको दाबी छ।
पेरोडुवाका गाडीमा भएको ब्याट्रीमा समस्या आएमा १ घण्टाभित्रै फेर्न सकिने व्यवस्था सहितको द्रुत सुविधा उपलब्ध छ । त्यसैगरी १८१ मध्ये ५० स्थानीय भेन्डरहरू ईभीका पार्टपुर्जा उत्पादनमा संलग्न छन् । त्यसैगरी सन् २०२५ को तथ्यांक अनुसार मलेसियाको अटो बजारमा पेरोडुवाको हिस्सा ४३.९ प्रतिशत रहेको छ। यसकारण पनि मलेसियामा पेरोडुवा निकै नै लोकप्रिय छ ।
निर्यातको योजना
कम्पनीले क्यूभी–ईको पहिलो वर्ष ६ हजार ५०० युनिट बिक्री गर्ने लक्ष्य राखेको छ, जसमध्ये ७०० युनिटको बुकिङ भइसकेको छ। हाल प्रतिमहिना ५०० युनिट उत्पादन भइरहेकोमा, उत्पादन क्षमता बढाएपछि मात्र अन्य एसियन देशहरूमा निर्यात सुरु गर्ने योजना रहेको छ ।
सन् १९९३ मा स्थापना भएको पेरोडुवाले जापानी कम्पनी दाइहात्सु र टोयोटासँगको प्राविधिक साझेदारीमा विभिन्न मोडलका सवारी साधन उत्पादन गर्दै आएको छ ।
नेपालमा समेत कुनै समयमा पेरोडुवाका गाडीहरु नेमलिंक इन्टरनेसनलमार्फत बिक्री वितरण हुँदै आएका थिए । नेपालमा पेरोडुवा भिभा, माइभी लगायतका मोडल लोकप्रिय थिए । हाल भने यो ब्रान्ड नेपालमा उपलब्ध छैन ।
काठमाडौं – डीएफएसके ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...
प्रविधि क्षेत्रको लोकप्रिय कम्पनी एप्पलले अटोनोमस इलेक्ट्रिक कार...
काठमाडौं – होन्डा, बजाज र यामाहाका सवारी साधन खरिद गरेका ग्राहकले अटोलोनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...