एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका बिभिन्न स्थानहरुमा चार्जिङ प्वाइन्ट बिस्तार गरेको छ । पछिल्लो समय उसले बिर्तामोड, बिराटनगर, चीतवन, ढल्केबर, बर्दिबास, पोखरा, मुलकोट, बुटवल र बिरगंजमा यस्ता प्वाइन्ट बिस्तार गरेको हो ।

जसमध्ये बिर्तामोड, बिराटनगर, चीतवन, पोखरा र बुटवलमा कम्पनीको आफ्नै डिलरले चार्जिङ प्वाइन्ट संचालन गरेका हुन भने ढल्केबर, बर्दिबास, मुलकोट र बिरगंजमा स्थानिय होटल तथा रिसोर्टमा यस्ता प्वाइन्ट राखिएका छन् । त्यसैगरी चीतवन र पोखरामा भने डिलर बाहेक अन्य ४ स्थानमा समेत चार्जिङ प्वाइन्ट बिस्तार गरेको छ । चीतवनको रोयल सेन्चुरी होटल र ल्यान्डमार्क फरेस्ट पार्क तथा पोखराको होटल ल्यान्डमार्क र टेम्पल ट्रि रिसोर्टमा यस्ता प्वाइन्ट बिस्तार गरिएको हो ।

कम्पनीले बिस्तार गरेको यी सबै चार्जिङ स्टेशनमा एसि चार्जर राखिएको छ । नेपाली बजारमा सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कारका रुपमा परिचित एमजी जेडएस इभीका ग्राहक एबं सामाजिक संजाल प्रयोगकर्ताहरु भने कम्पनीले बिस्तार गरेको यी चार्जिङ स्टेशनबाट सन्तुष्ट देखिएका छैनन् । ग्राहकलाई सुबिधा प्रदान गर्न डिसी चार्जर राख्नुपर्नेमा कम्पनीले संख्या बढाउनमात्र केन्द्रित भई एसी चार्जिङ राखेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका हुन् ।

एमजी मोटर्सको आधिकारिक फेसबुक पेज मोरिस ग्यारेज नेपालमा प्रतिक्रिया ब्यक्त गर्दै उनीहरुले कम्पनीले ग्राहकको भावनामाथी खेलवाड गरेको बताउँदै आक्रोश ब्यक्त गरेका हुन् । ‘७ किलोवाटको चार्जर राखेर ग्राहकलाई मुर्ख नबनाउँ । तत्काल डिसी चार्जरको ब्यवस्था गर, अन्यथा ग्राहकको धैर्यता टुट्नेछ’ पबिन थापाले प्रतिक्रिया जनाएका छन् ।

सरोज रिजाल लेख्छन, ‘चार्जिङ प्वाइन्टको संख्या मात्र बढाएर ग्राहकको आँखामा छारो हाल्ने काम रोक्नुपर्छ । तत्काल डिसी चार्जर राख्न कम्पनीले पहल गर्नुपर्छ ।’

सन्जु नायकले लामो प्रतिक्रिया जनाउँदै लेखेका छन्,‘यो कम्पनीका लागी सबैभन्दा ठूलो मार्केटिङ भुल हुनेछ । डिसी चार्जर राख्न सकिंदैन भने यसको जवाफ चाहियो । अन्यथा कुकुर र बिरालोको जस्तो खेल खेलेर हामीजस्ता ग्राहकलाई कहिलेसम्म अन्योलमा राख्ने, यसतर्फ कम्पनीको ध्यान जाओस ।’ उनले एमजीको इलेक्ट्रिक कार आफैमा राम्रो भएपनि कम्पनीले बिक्री पछिको सेवामा उचित ध्यान पु¥याउन नसकेको आरोप लगाएका छन् । उनी लेख्छन, ‘ अन्य साना बिक्रेताहरुले समेत डिसी चार्जर राख्न थालिसकेको अबस्थामा सबैभन्दा बढी इलेक्ट्रिक कार बिक्री गर्ने एमजीले एसी चार्जरमा मात्र जोड दिनु आफैमा लाजमर्दो बिषय हो । यस बिषयमा ग्राहकहरु सचेत हुनु जरुरी छ ।’

यसरी प्रतिक्रिया जनाउने अधिकांशले नाफामा मात्र केन्द्रित नभई छिटो भन्दा छिटो डिसी चार्जर राखेर ग्राहकलाई चित्तबुझ्दो सेवा प्रदान गर्न बिक्रेता कम्पनीलाई आह्वान गरेका छन

सम्बन्धित समाचारहरू

बीवाईडी एट्टो३ शनिबार पोखरामा सार्वजनिक हुने

बीवाईडी एट्टो३ शनिबार पोखरामा सार्वजनिक हुने

पोखरा – बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भोलि शनिबार पोखरामा...

सेवाग्राही र कर्मचारिका लागि ग्लोबल आइएमई बैंकको आफ्नै चार्जिङ स्टेशन

सेवाग्राही र कर्मचारिका लागि ग्लोबल आइएमई बैंकको आफ्नै चार्जिङ स्टेशन

काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर...

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, टिजर सार्वजनिक

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, टिजर सार्वजनिक

भारतमा राइड सेयरिङ सर्भिसमार्फत चर्चामा आएको ओलाले आगामी दिनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...