लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम अब सुर्खेतमा, उपमेयर र मिस इन्टरनेसनलबाट उद्घाटन

सुर्खेत – नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले सुर्खेतमा नयाँ शोरुम उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल र मिस इन्टरनेसनल २०१७ नीति शाहले संयुक्त रुपमा शोरुम उद्घाटन गरे ।

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक विक्रेताको रुपमा श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । सुर्खेतको वडा नम्बर ६ जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट अब लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिने छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै उपमेयर खनालले दिनदिनै पेट्रोलको भाउ बढिरहेको अवस्थामा विद्युतीय स्कुटरले सुर्खेतवासीलाई धेरै सहयोग पुग्ने बताए । वार्षिक रुपमा पेट्रोलियम बाइक वा स्कुटरमा सर्भिसिङ र अन्य खर्चको रुपमा लाग्ने करिव ९५ हजार रुपैयाँ बचत हुने र प्रदूषण समेत नगर्ने भएकाले विद्युतीय स्कुटर राम्रो मानिने र यसकारण सुर्खेतलाई इलेक्ट्रिक भेइकल सहर भनेर घोषणा गरेको उनले बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा मन्तव्य राख्दै नीति शाहले नेपालमा भएका इलेक्ट्रिक स्कुटर मध्ये सबै भन्दा विश्वासिलो र भरपर्दो साथै सबै प्रोडक्ट रेन्ज भएको जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकोले ढुक्क भएर लेभ्निङका इलेक्ट्रिक स्कुटर प्रयोग गर्न आग्रह गरिन् । पेट्रोलको महंगीको बेला इलेक्ट्रिक कम खर्चिलो हुनुका साथै नेपालको बिजुली नेपालमै प्रयोग हुने र पेट्रोल किन्नु नपर्ने हुँदा नेपाली पैसा बाहिरिनबाट समेत यसले बचाउने उनले बताइन् ।

कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम चौधरीले कम स्पिडका कारण इलेक्ट्रिक स्कुटरबाट दुर्घटना कम हुने र वातावरण प्रदूषण नहुने हुनाले सबैले यसको सजिलै प्रयोग गर्न सक्ने कुरा बताए ।

बज्र ग्रुपका एजीएम नवराज कोइरालाले बोस कम्पनीको मोटर, सामसुङको लिथियम आयोन ब्याट्री आदि प्रयोग गरिएको विश्व प्रसिद्ध कम्पनीको उत्पादन भएकाले लेभ्निङका इलेक्ट्रिक स्कुटर ग्राहकका लागि उपयुक्त हुने बताए । उनले स्कुटर किन्नेका लागि फाइनान्स, एक्सचेन्ज आदिको सुविधा समेत उपलब्ध भएकाले सहज हुने बताए ।

कार्यक्रमका सभापति श्री गणेश इन्टरनेशनलका संचालक प्रेमकुमार विसीले सुर्खेत अब इलेक्ट्रिक भेइकल सहर घोषणा भएको अवस्थामा लेभ्निङ ब्रान्डमार्फत सेवा प्रदान गर्ने दिन आग्रह गरे । उनले ग्राहकलाई २४सैं घण्टा सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार सबै सेवा उपलब्ध गराउने बताए ।

नेपाली व्यावसायिक घरानाको रुपमा ३० वर्ष देखि परिचित बज्र ग्रुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । हाल बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थी देखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

सुर्खेतमा नयाँ शोरुम खुलेसँगै अब नेपालभर २४ वटा लेभ्निङ ब्रान्डको आधिकारिक बिक्रेताले बिक्री–वितरण गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

काठमाडौं – विर्तामोडमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा...

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले...

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...