कमेडी च्याम्पियन विजेताले पुरस्कारमा नेटा भी पाउने
काठमाडौं– रियालिटी शो कमेडी च्याम्पियनले तेस्रो सिजनका विजेतालाई...
काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिले १२५ किलोवाट क्षमताको आयोनिक ५ उपलब्ध गराइरहेकोमा अब भने १०० किलोवाट क्षमतामै सो ईभी उपलब्ध गराउने भएको हो ।
१०० किलोवाट सम्म क्षमताको मोटर भएका ईभीमा कम कर लाग्ने भएका कारण धेरै कम्पनीहरुले पछिल्लो समयमा यस्तै क्षमताका ईभी भित्र्याइरहेका छन् । ‘नेपाली बजारमा १०० किलोवाट क्षमताका ईभीको माग बढिरहेको अवस्थामा हामीले कम्पनीसँग त्यसै अनुसारको स्पेक माग गरे अनुसार अब सो क्षमताको ईभी उपलब्ध हुने भएको हो । यसमा मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने उही हुनेछ ।’ लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले भन्यो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले सो गाडीको मूल्य समेत वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यस अनुसार १०० किलोवाट क्षमताको आयोनिक ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । हाल उपलब्ध १२५ किलोवाट क्षमताको आयोनिक ईभीको मूल्य १ करोड ३ लाख ९६ हजार रुपैयाँ छ ।
करिव एक महिना भित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।
अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लमसेल हुड, एक्टिभ एयर इन्टेक र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ ।
हुन्डाईको नयाँ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म अर्थात ई–जीएमपीमा बनेको यो पहिलो कार हो । उक्त प्लेटफर्ममार्फत ब्याट्री इलेक्ट्रिक भेइकललाई फास्ट चार्जिङ गर्न, ड्राइभिङ रेन्ज बढाउन, इन्टेरियर स्पेस बढाउन र बेटर ह्यान्डलिङमा सहयोग प्राप्त हुन्छ । यसका कारण नै आयोनिक ५ को डिजाइन मात्र आकर्षक छैन, यसको इन्टेरियर नै लोभलाग्दो छ भने चार्जिङ र अन्य सुविधा समेत फरक छ ।
यसमा भएको ११८ इन्चको ह्विलबेसका कारण यो अन्य एसयूभी भन्दा लामो छ । यसको इन्टेरियरमा पनि वातावरणमैत्री मेटरियलको प्रयोग गरिएको छ ।
आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
यसमा वायरलेस चार्जिङ, फरक खालको स्टेयरिङ ह्विल, आकर्षक इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सोलार चार्जर, ३६० डिग्री क्यामेरा आदि विभिन्न फिचर पाउन सकिन्छ ।
काठमाडौं– रियालिटी शो कमेडी च्याम्पियनले तेस्रो सिजनका विजेतालाई...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...