६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड
रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...
रोयल इन्फिल्डले आफ्नो चर्चित मोटरसाइकल बुलेट ६५० लाई गोवामा चलिरहेको मोटोभर्स महोत्सवमा आधिकारिक रूपमा पेश गरेको छ ।
यसअघि सो मोटरसाइकल इटालीको मिलानमा सम्पन्न ईआईसीएमए २०२५ शोमा विश्वसामु प्रस्तुत गरिएको थियो । आधिकारिक लन्च मिति घोषणा नभए पनि बुलेट ६५० सन् २०२६ को सुरुमा बिक्रीमा आउने अनुमान गरिएको छ। यसको अनुमानित मूल्य करिब ३ लाख ४० हजार भारु रहेको छ ।
रोयल इन्फिल्ड बुलेट ६५० क्यानन ब्ल्याक र ब्याटलशिप ब्लु गरी दुई रङ विकल्प उपलब्ध गराइनेछ । मोटरसाइकलमा सिग्नेचर गोलाकार एलईडी हेडलाइट, “टाइगर आई” पाइलट ल्याम्पहरू, पिनस्ट्राइपसहितको टियरड्रप इन्धन ट्याङ्की, स्क्वायर अफ रियर फेन्डर र उठाइएको क्रोम ह्यान्डलबार जस्ता आधुनिक स्वरूपमा प्रस्तुत गरिएको छ ।
स्टील ट्युबुलर स्पाइन फ्रेममा निर्मित सो मोडलमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ, जसमा एनालग स्पिडोमिटरभित्र डिप्ट डिजिटल इनसेट रहेको छ। यसमा टर्न बाई टर्न नेभिगेसन, यूएसबी टाइप सी चार्जिङ पोर्ट र एडजस्टेबल ब्रेक र क्लच लिभर पनि समावेश छ ।
बाइकको फ्रन्टमा १९ इन्च र पछाडि १८ इन्चका स्पोक ह्विल ट्युब्ड टायर प्रयोग गरिएको छ । ब्रेकिङका लागि अगाडि ३२० एमएम डिस्क र पछाडि ३०० एमएमको डिस्क ब्रेक दिइएको छ, जसलाई ड्युअल च्यानल एबीएस सिस्टमसँग जोडिएको छ । सस्पेन्शनका लागि अगाडि ४३ एमएम टेलिस्कोपिक फोर्क र पछाडि ट्विन शक एब्जर्बस जडान गरिएको छ। मोटरसाइकलको कर्ब तौल २४३ किलोग्राम छ भने १४.८ लिटर क्षमताको इन्धन ट्याङ्की प्रदान गरिएको छ।
यसमा ६४७.९५ सीसी ट्विन–सिलिन्डर, इनलाइन, ४–स्ट्रोक एसओएचसी इन्जिन प्रयोग गरिएको छ, जसले ७२५० आरपीएममा ४७ बीएचपीको पावर र ५१५० आरपीएममा ५२.३ एनएमको टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड कन्स्टेन्ट मेष गियरबक्स र वेट मल्टी–प्लेट क्लच दिइएको छ।
रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...
रोयल इन्फिल्डले आफ्नो ब्राण्डको सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...