बुधबार नेपालमा सार्वजनिक हुने भयो रोयल इन्फिल्ड मेटियर ३५०, कति पर्ला मूल्य ?
काठमाडौं – रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल मेटियर ३५० आगामी...
रोयल इन्फिल्डले एड्भेन्चर बाइक हिमालयन थप पावरफुल भर्सनमा लन्च गर्ने योजना बनाएको छ । सडक परीक्षणको क्रममा देखिएको हिमालयन ४५० कम्पनीले आगामी वर्षमा लन्च गर्ने छ ।
हाल उपलब्ध हिमालयन४११ सीसी, एयर र आयल कुल्ड इन्जिनद्वारा संचालित छ, जसले २४ बीएचपीको पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ हिमालयनमा ४५० सीसी, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले करिब ४० बीएचपी पावर र ४५ एनएम टर्क जेनेरेट गर्ने क्षमता रहेको छ र यो इन्जिनमा ६ स्पिड ट्रान्समिसनमा जोडिएको छ ।
सो बाइकमा थप शक्तिशाली इन्जिनका साथसाथै बाइकले स्पोर्ट बाई वायर थ्रोटल र रोड, अफ रोड र रेन राइडिङ मोड जस्ता नयाँ फिचरहरु समावेश गरिनेछ । हिमालयन ४११ को रियरमा एबीएसलाई म्यानुअल रूपमा बन्द गर्न आवश्यक पर्दैन । अफ रोडमा रियरको एबीएस अटोमेटिक रुपमा बन्द हुन्छ ।
हिमालयन ४५० मा टुरिङ फ्रेन्डली फिचर २० लिटरको इन्धन ट्याङ्की हुनेछ, जुन हालको हिमालयन भन्दा ५ लिटर बढी हो । यसमा इन्स्ट्रयुमेन्ट क्लस्टर भर्टिकल हुनेछ । बाइकमा पूर्ण रूपमा डिजिटल टीएफटी क्लस्टर भएको आधुनिक युनिट हुनेछ । हिमालयन ४५० अपसाइड–डाउन फोर्कहरूसँग सुसज्जित हुनेछ । बाइकको फ्रन्टमा २१ इन्च र रियरमा १७ इन्चको ह्विलले सुसज्जित हुनेछ ।
बाइकलाई बलियो फ्रेममा विकसित गरिने छ, जसले यसको भार बोक्ने क्षमतालाई बढाउन मदत गर्नेछ । बाइक ड्राइभलाई आरामदायी बनाउनका लागि बाइकमा विभिन्न प्रकारका ह्यान्डगार्डहरू, ह्यान्डलबारहरू, इत्यादि विकल्पहरू उपलब्ध गराइनेछ ।
रिपोर्टका अनुसार रोयल इन्फिल्डले आफ्नो नयाँ हिमालयन ४५० लाई अझ शक्तिशाली बनाउन थप काम भइरहेको छ, जसलाई हिमालयन ४५० रेड नाम दिइनेछ । भारतमा लन्च हुँदा हिमालयन ४५० ले केटीएम ३९० एड्भेन्चर र बीएमडब्ल्यु जी ३१० जीएस जस्ता बाइकहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल मेटियर ३५० आगामी...
रोयल इन्फिल्डले ३५० सीसी वा त्यो भन्दा बढी पावरफुल कम्युट, एड्भेन्चर र टुरर...
दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...