मोटो जीपी हेर्न यामाहाले १० नेपाली राइडरलाई भारत लैजाने

काठमाडौं – यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ। भारतमा पहिलो पटक मोटो जीपी आयोजना हुने अवसरमा यामाहा नेपालले आफ्नो प्रेस विज्ञप्ति मार्फत् यस ऐतिहासिक अवसरको घोषणा गरेको हो।

नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको छ। २०२३ को २० सेप्टेम्बरदेखि ब्लू स्क्वायर, नक्सालबाट सुरु भएर २३ मोटो जीपीको प्रत्यक्ष अनुभब गरी त्यहाँ बाट पुन काठमन्डौ फर्की यो यात्रा सम्पन्न हुनेछ ।

छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन्। मोटो जीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ। यामाहाले नेपाली समुदायका बिचमा रेसिङको भावनालाई जगाउने काम गरेको गरिरहेको छ । यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको हो। यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्।

पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९, २०२३ सम्म रहनेछ। दर्तापछि यामाहाले अर्को राउन्डको छ्नौट प्रकृया अघी बढाउनेछ। यामाहाले दशजना राइडरहरूको छनोट गर्नेछ। छनोट भएकाहरूले केही नियम र सर्तहरू पनि पालना गर्नु पर्नेछ। “हामीले धेरै मोटरसाइकल र मोटो जीपी फ्यानहरूले आफ्नो दुई पाङ्ग्रेमा भ्यालेन्टिनो रोसीका ख्च्द्धट स्टिकरहरू लगाएको देखेका छौं। त्यतिमात्र नभई गियाकोमो अगोस्टिनी, जोर्जे लरेन्जोजस्ता यामाहा राइडरहरूले पनि युवाहरूलाई रेसिङमा उत्प्रेरित गरेका छन्। मोटो जीपीमा हालका यामाहाका फेबियो क्वार्टारारो पनि यसमा अगाडि छन्। । यामाहा चढ्नेहरू, जो मोटो जीपीका प्रशंसक छन् र जो रेसको साक्षी भई त्यस रोमान्चक क्षणमा जिउन चाहन्छन्, वहाँहरुका लागि ‘राइड टु मोटो जीपी’ एक अविष्मरणीय अवसर हो। हामी यामाहाका तर्फबाट सबै यामाहाका राइडरहरूलाई यस प्रतियोगिताको लागि आवेदन दिन र जीवनमा अविस्मरणीय क्षण प्राप्त हुने अवसरको रुपमा अनुभव गर्न अपील गर्दछौं। हामी यो घोषणा गर्न पाउँदा एकदमै खुसी छौं ू एम। ए। डब्लूका यामाहा डिभिजनका सीईओ राजु क्षेत्रीले आव्हान गरे ।

यामाहा मोटरको स्थापनादेखि नै यसको कर्पोरेट संस्कृतिको रूपमा मोटरस्पोर्टहरू अनिवार्य रूपमा रहँदै आएका छ। राइड टु मोटो जीपी, मोटो जीपीको रोमान्चकतालाई नेपाल नजिकै ल्याउन र धेरै मोटरस्पोर्टका उत्साहीहरुलाई रेसिङतर्फ आकर्षित गर्नका लागि एउटा कोसेढुङ्गा हो। यसैगरी यामाहा नेपालले नेपालमा रेसिङ इभेन्टहरुको प्रवर्धन गर्दै आएको बताएको छ ।

सम्बन्धित समाचारहरू

विराटनगर अपडेट : छुट होइन, यो बाइकका लागि बढी नै मूल्य तिर्न समेत तयार  छन् ग्राहक

विराटनगर अपडेट : छुट होइन, यो बाइकका लागि बढी नै मूल्य तिर्न समेत तयार छन् ग्राहक

विराटनगर – विराटनगरमा यामाहाको डिलर तिरुपति अटो प्यालेसले अन्य मोडलका...

यामाहाको ब्लु स्क्वायर शोरुम अब धरानमा पनि

यामाहाको ब्लु स्क्वायर शोरुम अब धरानमा पनि

काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

यामाहाले नेपालमा ल्यायो बीएस६ भर्सनको एफजेड–एस एफआई भी३, भोलि लन्च हुने

यामाहाले नेपालमा ल्यायो बीएस६ भर्सनको एफजेड–एस एफआई भी३, भोलि लन्च हुने

काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल एफजेड–एस भी३ एबीएस बीएस६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...