विशेष फोर ह्विल ड्राइभ एड्भेन्चर कार्यक्रमका साथ रिडारा आरडी६ ईभी पिकअप सार्वजनिक

काठमाडौं – नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत प्योर इलेक्ट्रिक फोर बाई फोर पिकअप रिडारा आरडी६ औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

फर्पिङ, दक्षिणकालीस्थित हात्तिबन रिसोर्टमा ट्र्याक एड्भेन्चर ड्राइभ कार्यक्रमका साथ सो पिकअप सार्वजनिक गरिएको हो । सोही कार्यक्रममा १० युनिट रिडारा आरडी६ पिकअप बुकिङ समेत भएको कम्पनीको भनाइ छ ।

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडारा फोर बाई फोरले ईभी पिकअप सेगमेन्टमा नयाँ स्तर स्थापित गरेको कम्पनीको दावी छ । यसमा ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन हो।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै रिडारा फोर बाई फोरमा ७ फरक ड्राइभिङ मोडहरु स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट फोरडब्लुडी उपलब्ध छन्, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ। साथै, साथै ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।

सो कार्यक्रममा विशेष रिडारा आरडी६ डेलिभरी र एड्भेन्चर ड्राइभ अनुभव समेत आयोजना गरिएको थियो । सहभागीहरूले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव विभिन्न चुनौतीपूर्ण भूभागहरूमा प्रत्यक्ष रूपमा लिएका थिए ।

जिली रिडारा आरडी६ मा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने ९५ प्रतिशतको उच्चतम ग्रेडेबिलिटी र ६.१ मिटरको टर्निङ रेडियस रहेको छ । यसमा जीबीटी चार्जिङ सुविधा रहेको छ । रिडारा आरडी६ को प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

रिडारा आरडी६ पिकअप चीनमा नम्बर वान ईभी पिकअपको पहिचान प्राप्त पिकअप भएको कम्पनीको भनाइ छ । यसको मूल कम्पनी जिली अटो ग्रुप चीनका शीर्ष १० ठूला अटोमोबाइल कम्पनीहरु मध्ये एक हो ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा एन्ड महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारलाई इलेक्ट्रिक...

चर्चामा दुई इलेक्ट्रिक ह्याचब्याक, वुलिङ बिंगो र टाटा टियागोमा कुन किन्ने ?

चर्चामा दुई इलेक्ट्रिक ह्याचब्याक, वुलिङ बिंगो र टाटा टियागोमा कुन किन्ने ?

विगत लामो समययता ओझेलमा पर्दै आएको ह्याचब्याक सेग्मेन्ट ईभीको आगमनसँगै...

हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

काठमाडौं – चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...