गोगोरोका ३ स्मार्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक, चार्ज सकिदा केही सेकेन्डमै ब्याट्री फेर्न मिल्ने नयाँ प्रविधि
काठमाडौं – ब्याट्री स्वापिङ इकोसिस्टमको अग्रणी ताइवानी कम्पनी गोगोरो र...
जिली होल्डिङ समूहको रिडारा आरडी६ पिकअपले २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड जितेको छ । थाइल्यान्डमा प्राप्त सो अवार्डमार्फत सो पिकअपले पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको छ।
नेपालमा समेत रिडारा पिकअप बिक्रीका लागि उपलब्ध छ । नाडा अटो शो २०२४ मा पहिलो पटक सार्वजनिक गरिएको सो ईभी पिकअपका लागि ग्राहकहरुले राम्रो प्रतिक्रिया जनाएका थिए ।
नेपालमा रिडारा पिकअपको आधिकारिक वितरक सीजी मोटर्स हो । जिलीको राडार ब्रान्ड अन्तर्गत विकास गरिएको आरडी६ मल्टीप्लेक्स एट्याच्ड आर्किटेक्चर (एमएपी) मा निर्माण गरिएको हो, जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (एसईए) प्लेटफर्ममा आधारित छ।
यसमा २०० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (पीएमएसएम) रहेको छ, जसले २७२ पीएस पावर र ३८४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले एनईडीसी अनुसार ३७७ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसलाई ७.२ किलोवाटको एसी चार्जिङमार्फत साढे ९ घण्टामा फुल चार्ज गर्न सकिन्छ । ६ किलोवाट सम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्न यसमा भेइकल टु लोड (भीटुएल) समेत छ ।
२२५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स भएको सो ईभी पिकअप अन्य आईसीई पिकअप भन्दा २० प्रतिशत बढी क्षमताको मानिन्छ । पावर सकेट सहितको १ हजार २ सय लिटरको कार्गो स्पेस तथा लेदर -याप्ड स्टेयरिङ ह्विल, लेदरेट सिट, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्ट लगायतको प्रिमियम इन्टेरियर यसमा रहेको छ ।
यसको लम्बाई, चौडाई र उचाई क्रमशः ५२६० एमएम, १९०० एमएम र १८६५ एमएम छ भने ह्विलबेस ३१२० एमएम छ । अगाडि म्याकफर्सन स्ट्रट सस्पेन्सन र पछाडि मल्टी–लिंक सस्पेन्सन रहेको छ ।
सीजी मोटर्सले नेपालभर रहेका २२ सर्भिस सेन्टर सहित बिक्री पछिको उत्कृष्ट सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको बताएको छ । यसैगरी २४० भन्दा बढी चार्जिङ स्टेसनमार्फत नेपालभर रिडारा आरडी६ ईभी पिकअपलाई सहज तरिकाले चार्जिङ प्रदान गर्न सकिने कम्पनीको भनाइ छ ।
काठमाडौं – ब्याट्री स्वापिङ इकोसिस्टमको अग्रणी ताइवानी कम्पनी गोगोरो र...
ग्रेटवाल मोटरले २०२४ बेइजिङ अटो शोमा २०२४ मोडलको ओरा ३ लन्च गरेको छ ।...
काठमाडौं – हुन्डाईका इलेक्ट्रिक सवारी साधन किन्नका लागि आवश्यक कर्जा सुलभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...